मानसिक अशान्तिमा बुद्धको सन्देश


जेनिसा थापा मगर
आजको संसारमा मानिससँग सुविधा धेरै छन्, तर मनको शान्ति भने दिनप्रतिदिन टाढिँदै गएको अनुभव हुन्छ। बिहानदेखि बेलुकासम्मको दौडधुप, अध्ययनको दबाब, रोजगारीको असुरक्षा, आर्थिक चिन्ता, पारिवारिक जिम्मेवारी र सामाजिक अपेक्षाले मानिसको मन थाकेको छ । यही कारण तनाव अहिले सामान्य समस्यामात्र नभई विश्वव्यापी मानसिक स्वास्थ्यको चुनौती बनेको छ । 

यस्तो अवस्थामा करिब २५ सय वर्षअघि भगवान् बुद्धले दिनुभएको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ। बुद्धका उपदेशहरू केवल धार्मिक आस्थामा सीमित छैनन्, तीजीवनलाई बुझ्नेर मनलाई सन्तुलित बनाउने व्यावहारिक मार्ग पनि हुन्। यिनै शिक्षामध्ये महादुःखखण्ड सुत्त विशेष रूपमा उल्लेखनीय मानिन्छ। यस सुत्तले मानिसको दुःखको वास्तविक कारण के हो र त्यसबाट कसरी मुक्तहुन सकिन्छ भन्ने विषयलाई गहिरो रूपमा प्रस्तुत गरेको छ ।
महादुःख खण्ड सुत्तको मुख्य सन्देश मानिसको दुःखबाहिरी परिस्थितिले मात्र सिर्जना गर्दैन भन्ने हो। वास्तवमा दुःखको जरो मानिसको आफ्नै मनभित्र रहेको लोभ, द्वेष, मोह र आसक्तिमा लुकेको हुन्छ। जब मानिस कुनैवस्तु, व्यक्ति वा अवस्थाप्रति अत्यधिक मोह राख्छ, तब अपेक्षा जन्मिन्छ। अपेक्षा पूरा नभएनि राशा, चिन्ता र तनाव पैदा हुन्छ। यही प्रक्रिया बारम्बार दोहोरिँदा मानसिक अशान्ति बढ्दै जान्छ। आजको समाजमा यही अवस्था स्पष्ट देख्न सकिन्छ।

विद्यार्थी राम्रो नतिजाको चिन्तामाछन्, कर्मचारी भविष्यको असुरक्षाले तनावमा छन्, व्यवसायीआर्थिक उतारचढावले चिन्तित छन् र युवाहरू सामाजिक सञ्जालमाअरूसँग तुलना गर्दै आफूलाई असफल ठान्न थालेका छन्। यस्ता समस्याको समाधान केवल बाहिरी सुविधा बढाएर सम्भव हुँदैन। मनको दृष्टिकोण परिवर्तन गर्नु आवश्यक हुन्छ, जुन महादुःखखण्ड सुत्तले सिकाउँछ। यस सुत्रले मानिसलाई आफ्ना भावना र विचारलाई सजग भएर हेर्न प्रेरित गर्छ। रिस उठ्दा त्यसलाई दबाउने होइन, त्यसको कारण बुझ्ने प्रयास गर्नुपर्छ। लोभ उत्पन्न हुँदा त्यसले मनलाई कहाँ लैजाँदै छ भन्ने विचार गर्नुपर्छ । यसप्रकारको आत्मनिरीक्षणले मानसिक तनाव विस्तारै कम हुँदैजान्छ।
जब मानिसले आफ्ना भावनालाई नियन्त्रण गर्न सिक्छ, तब बाहिरी चुनौतील ेपनिउसलाई सजिलै विचलित बनाउन सक्दैन। महादुःखखण्ड सुत्रको अर्को महत्वपूर्ण पक्ष अनि त्यता अर्थात् सबैकुरा परिवर्तनशील छन् भन्ने शिक्षाहो। जीवनमा सुख स्थायी छैन भने दुःखपनि स्थायीहुँदैन। यो सत्यलाई स्वीकार गर्न सके असफलता, बिछोड वा कठिन परिस्थितिलाई सहज रूपमा लिन सकिन्छ।
आज धेरै मानिस तनावको शिकार हुनुको एउटा कारण उनीहरू हरेक कुरा आफ्नो इच्छाअनुसार सधैँरहोस् भन्नेचाहना राख्छन्। तर जीवन परिवर्तनशील छ भन्ने यथार्थलाई स्वीकार गर्नेव्यक्तिको मन अपेक्षाकृत शान्त रहन्छ ।
सुत्रले करुणा र मैत्रीभावको पनिविशेष महत्व बताउँछ। अरूप्रतिईष्र्या, घृणा वाबदलालिनेभावना राख्दा सबै भन्दा पहिले आफ्नैमन अशान्त हुन्छ। त्यसको विपरीत, करुणा र सहानुभूतिलेसम्बन्धलाई मात्रहोइन, मानसिक स्वास्थ्यलाई पनि सुदृढ बनाउँछ। आजको प्रतिस्पर्धात्मक समाजमामानिसहरू सफलताको होडमा एकअर्काबाट टाढिँदैगएका छन्।यस्तो अवस्थामा बुद्धको मैत्रीभाव सम्बन्धीशिक्षाझन् उपयोगी देखिन्छ ।
त्नाव व्यवस्थापनका आधुनिक विधिहरूमाध्यान, सचेतन अभ्यास र भावनात्मक नियन्त्रणलाई निकै प्रभावकारी मानिएको छ। रोचक कुरा के भने यिनै अभ्यासहरूको आधार बुद्धका शिक्षामा धेरै पहिले नै पाइन्छ। महादुःखखण्ड सुत्रले मनलाई बाहिरी विषयमा भौतारिन नदिई वर्तमान क्षणमा सजग रहन प्रेरित गर्छ। यही अभ्यासले चिन्ता कम गर्न र मानसिक स्थिरता बढाउन सहयोग पुर्याउँछ । विद्यार्थीहरूको सन्दर्भमा यो सुत्त अझ बढी उपयोगी देखिन्छ। परीक्षा, भविष्यको चिन्ता,परिवारको अपेक्षा र साथीहरूसँगको प्रतिस्पर्धालेधेरै विद्यार्थी मानसिक दबाबमा हुन्छन् ।
यदी उनीहरूले परिणाम भन्दा प्रयास माध्यानदिने, असफलतालाई सिकाइको अवसरका रूपमा स्वीकार गर्ने र आफ्ना भावनालाई बुझ्ने बानी विकास गरे भने तनावनिकै हदसम्म कमहुन सक्छ। महादुःखखण्ड सुत्रको शिक्षा यहीव्यावहारिक जीवन दर्शनसँग मेल खान्छ। यद्यपि यस सुत्रको सन्देश केवल विद्यार्थी वाबौद्ध धर्मावलम्बीका लागि मात्र होइन। यो प्रत्येक व्यक्तिका लागि समान रूपमा उपयोगी छ। किनभने दुःख, चिन्ता र तनावकुनै धर्म, जात वा वर्गले छुट्याएर आउने समस्या होइन। यी मानव जीवनका साझा अनुभव हुन्। त्यसैले बुद्धले देखाउनुभएको मार्ग पनि सम्पूर्ण मानव समुदायका लागि समान रूपमा अर्थपूर्ण छ ।
आज मानसिक स्वास्थ्यका विषयमा खुलेर छलफल हुनथालेको छ। चिकित्सकीय उपचारसँगै सकारात्मक सोच, ध्यान, आत्मचिन्तन र स्वस्थ जीवनशैलीलाई पनि आवश्यक मानिन्छ। महादुःखखण्ड सुत्रले यिनै पक्षलाई जीवनको व्यवहारसँग जोडेर प्रस्तुत गर्छ। यसले मानिसलाई बाहिरी संसार परिवर्तन गर्नु भन्दा पहिले आफ्नै मनलाई बुझ्न सिकाउँछ। मन शान्तभयो भने जीवनका धेरै समस्या सहज रूपमा समाधान गर्न सकिन्छ भन्ने यसको मूल सन्देश हो ।
अन्ततः भन्नुपर्दा, महादुः खखण्ड सुत्र केवल प्राचीन धार्मिक ग्रन्थहोइन, आधुनिक तनावपूर्ण जीवनका लागि उपयोगी मार्गदर्शक पनि हो । यसले मानिसलाई दुःखको कारण पहिचान गर्न, आफ्नो मनलाई अनुशासित बनाउन, अनित्यताको सत्य स्वीकार गर्न र करुणामय जीवन बाँच्न प्रेरणा दिन्छ। इदि यी शिक्षालाई दैनिक जीवनमा व्यवहारिक रूपमा अपनाउन सकियो भने मानसिक तनाव कम गर्नुका साथै सन्तुलित, सकारात्मक र शान्त जीवनको आधार निर्माण गर्न सकिन्छ।
प्रविधि र भौतिक सुविधाले भरिएको आजको युगमापनि बुद्धको यो सन्देश उत्तिकै जीवन्त, आवश्यक र प्रेरणादायी बनेर रहेको छ।
(लेखक लुम्बिनीबौद्ध विश्वविद्यालय स्कुलअफ ल बि.ए.एलएल.बि. चौथो सेमेस्टरमा अध्ययनरत छात्रा हुन्























