नयाँशक्तिको बुटवल उपमहानगरपालिकाको अधिवेशन सन्पन्न
रुचालको अध्यक्षतामा १७ सदस्य नयाँ समिति गठन


बुटवल, ३ जेठ ।
नेपाल समाजवादी पार्टी ९नयाँशक्ति० बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ।
अधिवेशनले हेम रुचालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्ष सम्झना केसी,शिशिर घर्तिमगर,सचिव सुजन कुवर,सहसचिव बिजय बिक, सन्जय कार्कि र कोषाध्यक्ष पुष्पा गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अमृत थापामगर,सुशान्त तुलाचन,सन्दिप न्यौपाने,टिकाराम पौडेल,बिमला कुवर र बिनु परियार निर्वाचित भएकाछन् भने चार जना सदस्यहरु पछि कलस्टर मिलाएर थप गरिने जनाइएको छ।
अधिवेशनको पार्टीकको केन्द्रिय पुनावेदन समितिको प्रमुख बिष्णुहरि शर्माले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि शर्माले जनतामा आएको राजनीतिक चेत र नयाँ ढंगको राजनीतिक संस्कारलाई व्यवस्थित रुपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिनु भयो । उहाले अव पुरानो सोंच र राजनीतिक दर्शनले मुलुकलाई सहि दिशामा लैजान नसक्ने भएको हुदा नया वैकल्पीक राजनीतिको आचो भएको बताउनु भयाृे ।
कार्यक्रममा केन्द्रिय कोषाध्यक्ष हरि रिजाल, केन्द्रिय सदस्य कमल खनाल,पंकज राई,रविना भण्डारी,शुशी पुलामी, जिल्ला संयोजक शोभाखर खनाल, लुम्बिनी प्रदेश जनपरिचालन एवं जनजागरण अभियानका सम्योजक हरि घर्तिमगर,सिद्धार्थ नगरपालिकाका अध्यक्ष विजय उपाध्याय लगायत बोल्नु भएको थियो ।
कार्यक्रम सुरज हितान मगरको अध्यक्षता तथा रिना नेपाली र बिष्णु खत्रीको संयुक्त रुपमा चलाएका थिए भने अमिसा रसाइलीले स्वागत मन्तव्य दिएकी थिइन्।
शुभकामना मन्तव्य दिने अधिकाम्स केन्द्र र प्रदेश तहका नेताहरुले पुराना दलवाट जनता वाक्क भएर पार्टीको बिकल्प खोजेको बताउदै नेसपा ९नयाँशक्ति० विचार,दर्शन,नीति,कार्यक्रम,शैली, संस्कार र आचरणमा बैकल्पिक भएको दावी गरेका थिए । 























