अखिल नेपाल राष्ट्रिय यातायात युनियनको अध्यक्षमा माधव ढकाल

अर्घाखांची, जेठ १० गते । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय यातायात युनियनको आठौं जिल्ला भेलाले माधव ढकाल अध्यक्ष रहेको नयां नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न भेलालले माधव ढकाल अध्यक्षतामा ११ पूर्ण ३ वैकल्पिक र ४ जना रहेको समिति गठन गरेको हो ।

जसको उपाध्यक्ष भुपाल विसी, देविराम वेल्वासे सचिव विशाल थापा, सह–सचिव तिलक भुसाल रहेका छन् त्यस्तै कोषाध्यक्ष सदस्यहरुमा पशुपति भुसाल, नेत्रप्रसाद वेल्वासे,रोम प्रसाद खनाल, डेम घम, दामोदर वेस्नेत, रेशम रायमाझी रहेका छन् । त्यस्तै वैकल्पिक सदस्यमा दामोदर भुसाल, सालिकराम पोखरेल, कृष्ण पाण्डे र सल्लाहकारमा दुर्गा भुसाल, कमल विसि, शोभाखर भुसाल, बलराम बन्जाडे रहेका छन् ।

अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनको आठौं जिल्ला भेलामा अखिल नेपाल टे«ड युनियन महासंघ(अन्टुक)का केन्द्रिय अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल रास्ट्रीय यातायात मजदुर युनियनका केन्द्रिीय अध्यक्ष गोविन्द विसि,राजमो प्रदेश सल्लाहकार शेर बहादुर विसी, अखिल नेपाल महिला संघ केन्द्रिय महासचिव सकुन्तला राना ,राजमो केन्द्रिय सदस्य तथा भुमिकास्थान नगर प्रमुख झविलाल थापा,राजमो प्रदेश सदस्य तथा जिल्ला अध्यक्ष थम्मन कसी, नेकपा मसाल जिल्ला प्रवक्ता पशुपति ढकाल, प्रगतिशील पत्रकार संघ नेपालका सचिव गोपालप्रसाद भट्राई,रक्तिम सास्कृतिक अभियानका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष दिपक पन्थी, अखिल नेपाल युवक संघ अर्घाखाँची जिल्ला सचिवालय सदस्य सन्तोष सुनार ,अखिल नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष कृष्ण बन्जाडे लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा राजोमो अध्यक्ष थम्मन केसी, शेरबहादुर विसी, गोविन्द विसी, लोकराज भुसालले भेला र नयाँ कार्य समितिलाई बधाई ज्ञापन गरेका थिए ।