भिम अस्पतालमा गुणस्तरीय स्वास्थ्य सेवा छ

स्वास्थ्य क्षेत्रमा सबैजसोले चिन्ने नाम हो डाक्टर सकुन्तला गुप्ता । बुटवल स्थायी घर भएकी डा. सकुन्तला भैरहवाको भीम अस्पतालकी मेडिकल सुपरिटेण्डन हुन् । २०७७ साल भदौमा उनी भीम अस्पतालमा मेसु बनेर अस्पताल हांकेकी छन् । उनले कोरोना कालमा अग्रपंक्तीमा रहेर गुणस्तरीय सेवा दिएर रुपन्देहीमा सबैको मन जित्न सफल डाक्टर हुन् ।

सन् २००१ सालमा एमविविएस र २००८ मा विपी कोइराला धरानबाट एमडी गरेर सफता प्राप्त गरेकी डा. सकुन्तला महिला तथा प्रसुती रोग विशेषज्ञ तथा फ्याम्ली फिजिसिएन हुन् । स्वास्थ्य केन्द्र कपिलवस्तुबाट स्वास्थ्य सेवामा लागेकी उनले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा पनि काम गरेको ठूलो अनुभव छ, उनमा ।
१९९० सालमा स्थापना भएको देशकै पुरानो अस्पताल भिम अस्पतालबारे मेसु डाक्टर सकुन्तला गुप्तासंग नयां दिशा अनलाइनका सम्पादक श्यामलाल पोखरेलसंग गरिएको संक्षिप्त कुराकानी ।

अहिले भिम अस्पतालको अवस्था कस्तो छ ?

समग्रमा राम्रो छ । सुधार सबै मिलेर सुधार गरेका छौ । गुणस्तरीय स्वास्थ्य सेवा दिएका छौ । सबै क्षेत्रका विशेषज्ञबाट उपचार गर्ने गरिएको छ। हिजो म आउंदा अस्पतालको अवस्था सामान्य खालको थियो, अहिले सबै रोगको उपचार हुने गर्दछ । सर्जरी, एनटी, ट्रमा, अर्थो, गान्नो, बालबालिका, डेण्टल, फिजियो थेरापी, एआरटी लगायत अन्य सेवाहरु उपलब्ध छन् ।

आधुनिक खालको २ वेडको आईसियुसमेत चलाएका छौ । गरिव तथा विपन्न नागरिकलाई सहज रुपमा सेवा दिएका छौ । २४ सै घण्टा अप्रेसन सेवा उपलब्ध छ । दैनिक ६, ७ जनाको अप्रेसन हुने गरेको छ । महिलाको पाठेघरको टेयुमर जस्तो जटिल अप्रेसनसमेत हामिले भिम अस्पतालमा गरेका छौ । अस्पताललाई अब्बल अस्पतालको रुपमा स्तरवृद्वि गर्नका लागि म लागी परेकी छु ।

मेसु भएर आएपछि यहांले के–के सुधार गर्नुभयो ?

अस्पताल सामान्य अवस्थामा सञ्चालन थियो । आधुनिक उपकरणहरु थपेर सबै विभागलाई सक्रिय र सेवामुखि बनाए । ल्याव सेवालाई २४ सै घण्टा चल्ने बनाए । लिपिट प्रोफयुल सेवा, थाइराईड सेवा, फिजियिो थेरापपी सेवा, सिटी स्क्यान सेवा, भिडियो एक्सरे सेवा सञ्चालन गरे । त्यस्तै आईसियु सेवा थिएन सञ्चालन गरे, फार्मेसी सामान्य थियो त्यसलाई व्यवस्थित गरेर २४ सैं घण्टा सेवा दिन सक्ने बनाए । ब्लडबैंक थिएन ब्लड बैकको व्यवस्था गरेर सिकल सेल एनोमिया सेवा सञ्चालन गरे र सबै सेवा दिनका लागि विशेषज्ञ डाक्टरहरुको व्यवस्था गरे । अस्पतालमा राम्रोसंग सुधार गरेपछि अहिले ८ सय देखि ९ सय दैनिक विरामीहरु आउने गरेका छन् । उपचारका लागि भारतीय नागरिक पनि आउने गरेका छन् ।
म आउनु भन्दा पहिलासम्म दिनमा ५०, ६० जनामा मात्रै विरामी आउने गर्दथे । गत वर्षदेखि छालाको उपचार पनि हुन थालेपछि अहिले विरामीको चांप दिन प्रतिदिन बढ्दै गएको छ ।
सबै प्रकारका सेवाहरु शुभारम्भ गरेर अस्पतार्ल बल्ल अस्पताल जस्तो भएको छ । यसलाई अझै व्यवस्थित गर्नुपर्ने छ । त्यसमा म प्रतिवद्व भएर लागेकी छु ।

भौतिक पूर्वाधारमा के– के सुधार गर्नुभयो ?

म आउंदा विरामी बस्नका लागि त्यती राम्रो प्रतिक्षलय थिएन, अहिले बस्नलायक खालको प्रतिक्षलय बनाईएको छ । विशेषज्ञ सेवाका लागि अस्थायी भवन बनाएर काम गरिएको छ, भने विरामीका कुरुवाहरु बस्ने ठाउं बनेको छ । त्यस्तै टोकन सिस्टमको विकास गर्नुका साथै सरसफाई र अस्पतालमा सुशासन कायम गरेकी छु । यसमा अस्पताल कर्मचारी, अस्पताल विकास समिति, डाक्टरहरु सबैको साथसहयोग मिलेको छ ।
डिपीआर अनुसारको भवन सम्पन्न गरेर हस्तान्त्रण गर्ने काम गरेर उक्त भवनबाट स्वासथ्य सेवा सञ्चालन भैरहेको छ । जसले गर्दा सेवाग्राहीलाई राम्रो भएको छ । गाडी पार्किङ स्थलको व्यवस्था मिलाए । त्यस्तै नगरपालिकाकबो सहभागितामा बनेको सभाहल निर्माण भएको छ ।
वार्षिक रुपमा कति विरामीले उपचार गर्छन यहांसग केही तथ्यांक छ ?

अ बार्षिक रुपमा भन्नुपर्दा आर्थिक वर्ष २०८०।०८१ मा ओपिडीमा उपचार भएको स.ख्या १ लाख १२ हजार ८ सय ४५ जनाले उपचार गराएका छन् भने २०८१।०८२ मा १ लाख २० हजार ३ सय ४६ जनाले ओपिडीमा उपचार गर्नुभएको छ । त्यस्तै इमरजेन्सी र अन्य विभागमा उपचार गराउने विरामीको संख्या लाखौंको छ ।

हाम्रो नयां दिशाबाट के भन्न चाहानुहुन्छ ।

सर्व प्रथम तपाईको लोकप्रीय मिडिया तथा पत्रिकाको तर्फबाट दशैं, तिहार, छट, नेपाल सम्वत् लगायतका नेपालीका सबै पर्वहरुको शुभकामना दिन चाहान्छु ।
आमनेपालीलाई थाहा अुने गरी मिडियाले हामीले गरेका सही कामको समाचार लेखेर प्रकाशन, प्रसारण गर्दिनुहोला भन्न चाहान्छु ।