लुम्बिनीमा पहिलो पार्टी बन्ने कांगे्रसको दावी


बुटवल, माघ २१ गते नेपाली काँग्रेसले लुम्बिनीमा पहलिो पार्टी बन्ने दावी गरेको छ। कंगे्रस बदलिएको र आगमी फागुन २१ ग्ते हुने चुनावमा कांगे्रस एक हुने भएकाले लुम्बिनी पहिलो पार्टी हुने निर्वाचन परिचालन समितिका प्रदेश संयोजक राजु खनालले बताए । निर्वाचन परिचालन समिति लुम्बिनीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी संयाबहुमत सिटमा विजयी हुने दावी गरे ।

“बदलियो काँग्रेस, बदल्छौँ देश“ भन्ने संकल्पकासाथ मतदातासंग घरदैलोमा पुगेर मतदातालाई ढुक्क पारेर सटि संख्या बढाउने गरी कांगे्रस अघि बढेको संयोजक खनालले बताए । प्रतिनिधिसभा निर्वाचनका लागि २६ वटा क्षेत्र रहेको लुम्बिनीमा काँग्रेसले यसअघि ५ स्थानमा विजयी हासिल गरेपनि अहिले यो संख्या बढाएर पहिलो पार्टी बन्ने कांगे्रसको दावी छ ।
मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता दिन आगामी निर्वाचन निर्णायक हुने गरी एकतावद्ध भएर निर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्तालाई निर्देशन गरिएको र अहिलेको निर्वाचनमा परिणाम राम्रो आउने नेता खनालले बताए । उनले सानातिना मनमुटाबका कारण पार्टी छोडेकालाई पार्टीमा फर्कन र बागी उम्मेदेवार दिएकालाई फिर्ता लिन नमिलेपनि पार्टीमा एकतावद्द हुन आग्रह गर्दै पार्टीको निर्देशन नमाने कांगे्रस विधान अनुसार अघि बढ्ने बताए ।

उनले नेपाली काँग्रेसले ऐतिहासिक रूपमा लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै संविधान, संघीयता, गणतन्त्र र समावेशी व्यवस्थाको संरक्षण काँग्रेसकै प्राथमिकता रहेको बताए ।
पे्रस युनिय रुपन्देही सभापति कविन्द्र नेपालको सञ्चालनमा पत्रकार सम्मेलन भएको थियो ।























