मोक्षधाम दर्शनगरे घरदैलो पुगे चुन्नु पौडेल


बुटवल, फागुन ४ गते । नेपालीकाँग्रेस रुपन्देही क्षेत्र नं. २ काउम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले मोक्षधामको दर्शन गरेर चुनावको औपचारिक प्रचारप्रसार सुरु गरेका छन् । तिलोत्तमा–६ मा रहेको मोक्षधाममा पुगर दर्शन गरेपछि उनी मतदाताको घरदैलोमा हिडेका हुन् ।

चुनाव प्रचार प्रसारकाला गिनिर्वाचन आयोगले निर्धारण गरेको मिति सोमबारदेखि काँग्रेस उम्मेद्वार पौडेलले घरदैलो अभियान सुरु गरे
घरदैलोका क्रममा उनले प्रत्येक घरमापुगेर स्थानीय कृषक, व्यवसायी, श्रमिकतथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् ।
भेटमा स्थानीयले भोगिरहेका समस्या, कृषि उत्पादनको बजार, व्यवसायिक चुनौती, रोजगारी तथा विकासका प्राथमिकताबारे मतदाताका कुरा सुन्ने र आफ्ना कुरा राखेर मत मागेका छन् । जनताको सुझाव र गुनासोलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमै उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन् पौडेलले ।

रुपनदेही तिलोत्तमाको पश्चिम पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियानगोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो। चुनावी प्रचार प्रसारका लागि आयोजना गरिएको घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार रिता सेन, नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा–६ का सभापति युवराज भण्डारी लगायत काँग्रेसका नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो।
चुन्नुप्रसाद पौडेलले सबै पक्षका घरघरमा पुगेर भोट माग्ने र आर्शिवाद लिने बताएका छन् ।






















