समानुपातिकको मतगणना सकिएको, अग्रस्थानमा रास्वपा


बुटवल, फागुन २७ गते । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ ।
पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी गराएका छन् ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीकान अनुसार मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुनेक्रम जारी छ ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट संख्या निर्धारणको गृहकार्य पनि सुरु भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने छ ।

यसैबीच आज बिहान ११ बजेसम्मको समानुपातिक निर्वाचनतर्फ १ करोड सात लाख ३९ हजार १ सय १५ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । गणना भएको मध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ३९ हजार दुई सय ३५ मत प्राप्त गरी पहिलो द लबनेकोछ ।
नेपाली काँग्रेसले १७ लाख ४९ हजार पाँच सय ८३, नेकपा एमालेले १४ लाख ४८ हजार आठ सय ५४, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७ सय ७३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार छ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार चार सय ७२ मत पप्त गरेको निर्वाचन आयोगले जानकारी गराएको छ ।
यस्तै चित्रबहादुर केसी नेतृत्वको पार्टी राष्ट्रिय जनमोर्चाले समानुपातिकमा २९ हजार ४ सय ४० मत प्राप्त गरेको निवाृचन आयोगले बताएको छ ।
यस्तो छ समानुपाति मत
राष्ट्रिय स्वतन्त्र पार्टी ५१४५६८१
नेपाली काँग्रेस ः १७५४०५२
नेकपा एमाले १४५१७५९
नेपाली कम्युनिष्ट पार्टी ः ८०८५८२
श्रम संस्कृति पार्टी ः ३८५६७९
राष्ट्रिय प्रजातन्त्र पार्टी ः ३३००५९
जनता समाजवादी पार्टी, नेपाल ः १७४३२४
राष्ट्रिय परिवर्तन पार्टी ः १७१८९०
जनमत पार्टी ः ७९०००
एकल चिन्ह चकिया ः ६१६७७
नेपाल मजदुर किसान पार्टी ः ४२२४६
राष्ट्र निर्माण दल नेपाल ः ३८९३३
राष्ट्रिय जनमोर्चा ः २९४४२
एकल चिन्ह बस ः २८३२६
नेपाल जनता संरक्षण पार्टी ः २८१७८
प्रगतिशील लोकतान्त्रिक पार्टी ः २४६१७
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ः २३८५१
मंगोल नेशनल अर्गनाइजेशन ः २०८०६
सार्वभौम नागरिक पार्टी ः १४८३१
एकल चिन्ह मोबाइल ः १३४४५
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ः १०६९५
संयुक्त नागरिक पार्टी ः ९०८०
स्वाभिमान पार्टी ः ८१३२
राष्ट्रिय जनमुक्ति पार्टी ः ७२०७
नेपाल जनता पार्टी ः ७१५३
राष्ट्रिय एकता दल ः ७०५०
नेपाल कम्युनिष्ट पार्टी (मालेः ६१६२
राष्ट्रिय गौरव पार्टी ः ५२४१
नेशनल रिपब्लिक नेपाल ः ५१५७
नेपालका लागि नेपाली पार्टी ः ५००७
नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ः ४८२३
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ः ४६६८
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ः ४५०८
राष्ट्रिय उर्जाशील पार्टी, नेपाल ः ४३१२
समावेशी समाजवादी पार्टी नेपाल ः ४२६८
गतिशील लोकतान्त्रिक पार्टी ः ४२४८
नेपाल लोकतान्त्रिक पार्टी ः ४१००
नेपाल मातृभूमि पार्टी ः ३२२४
जय मातृभूमि पार्टी ः २९७२
राष्ट्रिय जनता पार्टी नेपाल ः २९२५
बहुजन शक्ति पार्टी ः २७४५
प्रजातान्त्रिक पार्टी नेपाल ः २२३६
नेपाल जनमुक्ति पार्टी ः २१६२
जन अधिकार पार्टी ः २१०५
नेपाल सद्भावना पार्टी ः २०१५
पिपुल फष्र्ट पार्टी ः १७९४
नेपाली काँग्रेस (वी.पी.) ः १७८३
नागरिक शक्ति, नेपाल ः १७२१
नेपाली जनश्रमदान संस्कृति पार्टी ः १६३६
नेपाली जनता दल ः १४५१
समावेशी समाजवादी पार्टी ः १३८५
जनता लोकतान्त्रिक पार्टी, नेपाल ः १२९९
एकल चिन्ह जगर भएको सिंह ः ११२४
जनप्रिय लोकतान्त्रिक पार्टी ः ९४५
मितेरी पार्टी नेपाल ः ७६८
उन्नत लोकतन्त्र पार्टी ः ७२१
त्रिमुल नेपाल ः ६८९























