लुम्बिनी प्रादेशिक अस्पतालमा सबै प्रकारका स्वास्थ्य सेवा सञ्चालन

श्यामलाल पोखरेल

बुटवल, चैत ६ गते । लुम्बिनी प्रादेशिक अस्पतालले स्वास्थ्य सेवामा सुधार गर्दै गएको छ । उपचारका लागि लामो समयसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य गरेको छ । अस्पतालले अनलाइन टिकटको व्यवस्था र डिजिटल भुक्तानी गर्ने व्यवस्था मिलाएर स्वास्थ्य सेवालाई सहज बनाउंदै गएको छ ।

पछिल्लो एक वर्ष यतादेखि सबैजसो सेवा सञ्चालन गर्न थालेको लुम्बिनी प्रादेशिक अस्पातलले लामो समयदेखि उपकरणको अभावमा बन्द रहेको ल्याप्रोसकोपी पित्तथैलीको अपरेसन, युरोलोजी अन्तरगतका अपरेसनहरु गर्न थालेको छ ।

बिमाका बिरामीहरको सुविधालाइ मध्यनजर गरी एकै पटक १० वटा काउन्टरबाट टिक र विलिङको सेवा सञ्चालन गरेसंगै सर्वसाधारण नागरिकले लामो समयसम्म लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य भएको अस्पतालका प्रशासकीय प्रमुख पे्रम गौतमले नयां दिशालाइ बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा ५ सय एमएको डिजिडल एक्सरे मेशिनसमेत जडान गरिएको छ । त्यस्तै एमआरआई मेशिन खरिद प्रक्रिया सम्झौता गरी एलसी खोल्ने काम सम्पन्न भएको अस्पतालले बताएको छ ।

प्रशासकीय प्रमुख पे्रम गौतमका अनुसार न्यूरो माइक्रोस्कपको व्यवस्था गरी जटिल प्ररकारका अप्रेसनहरु सुरुवात गरी बिराको प्रयोगात्मक जांचका रिर्पोटहरु एसएमएसद्दारा सम्बन्धित व्यक्तिको मोवाइलमा म्यासेज पठाउन थालिएको छ ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आएका बिरामीहरुलाई थप उपचारका लागि काठमाण्डौ वा अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी हरेक प्रकारका उपकरणहरु व्यवस्था गरेर उपचार सेवा सञ्चालन गरिएको र केही उपकरणहरु ल्यान बांकी रहेको अस्पतालका मेडिकल सुपरिडेन्डन डा. इन्द्र ढकालले बताए ।

जोर्नीका नसाहरुको पुननिर्माण र जोर्नी प्रत्यारोपण गर्नका लागि अर्थोस्कोपी मेशिन र मुत्र प्रणालीमा भएका पथ्थरको जटिल अप्रेसनका लागि लेजर मेशिन जडान गरिएको जानकारी गराउंदै मेडिकल सुपरिडेन्डन डा. इन्द्र ढकालले भने – मुटुको उपचारका लागि क्याथल्याव सञ्चालन गरिएको छ । सबै प्रकारका क्यान्सर उपचारका लागि छुट्टै भवन बनाउने तयारी भैरहेको छ । त्यस्तै स्तन क्यान्सरको उपचारका लागि ओपेडी सञ्चालनमा छ ।

सर्वसाधारण नागरिकको पहुंचमा स्वास्थ्य सेवा पुराउनका लागि सबै प्रकारका स्वास्थ्य उपचार गर्ने गरी अत्याधुनिक मेशिनहरु जडान गरी विशेषज्ञ डाक्टरहरुबाट उपचार उपचार सेवा प्रदान गरिएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार अस्पतालमै इमरजेन्सी ब्लड बैंक सञ्चालन गरिउको छ, भने गुणस्तरी औषधीका साथै उपचार गरिएको छ ।

इमरजेन्सीमा बिरामीको चाप बढेपछि ४५ बेडेको मेडिकल वार्डलाई ९० बेडमा सञ्चालन गरिएकोसमेत अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

लुम्बिनी प्रादेशिक अस्पतालले ५ सय १५ बेडबाट स्वास्थ्य उपचार गर्दै आएको छ । अस्पतालमा दैनिक रुपमा १५ सय देखि २ हजार जना मानिस उपचार गराउन आउने मेडिकल रेकर्डर निरिक्षक पंकज पटेलले जानकारी गराए ।

लुम्बिनी प्रादेशिक अस्पतालले आफ्नो ११६ औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१। ०८२ मा ४ लाख ६८ हजार ८५ जनाले उपचार गरेका छन् । त्यस्तै २०८२ असारदेखि २०८२ पुससम्म २ लाख ४५ हजार २ स ३३ जनाले उपचार गरेको अस्पतालको तथ्यांकले देखाएको छ ।

अस्पताले मातृ मृत्युदर घटाउने उद्देश्यले भौतिक संरचना निर्माणको निम्ती यस आर्थिक वर्षमा ३ करोड बजेट बिनियोजन गरेको छ ।

प्रदेश सरकारको मातहतमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा भारतीय नागरिकसमेत उपचार गराउन आउने गर्दछन् ।

१२ सय बेड सञ्चालन गर्ने गरी ६ अर्ब १८ करोड रुपैयाँको लागतमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ तले नयां अत्याधुनिक भवनको निर्माणको काम भैरहेको छ।

निर्माणधिन अस्पतालको भवनमा हेलिप्याडसहित अत्याधुनिक आपतकालीन सेवा, कार्डियोलोजी, न्युरोलोजी र ग्यास्ट्रोएन्टेरोलोजी जस्ता विशेषज्ञ सेवाहर सञ्चालन गरिने छ ।