भूपू सैनिक सहकारीको आयोजनामा निःशुल्क आंखा शिविर

बुटवल, चैत २२ गते । रुपन्देहीको तिलोत्तमाको ड्राइभरटोलमा सञ्चालित भूपू सैनिक बहुउद्वेश्य सहकारीले निःशुल्क आंखा शिविर आयोजना गरेको छ । सहरकारीले सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क आंखा शिविर आयोजना गरेको हो ।

एक दिने उक्त आंखा शिविरमा २ सय १८ जनाले निःशुल्क आंखा परिक्षण गरी उपचारसमेत गरेका छन् । आफ्ना सदस्यका लागि र सहकारीलाई समाजसंग जोड्ने उद्वेश्यले निःशुल्क आंखा शिविर आयोजना गरिएको सहकारीका सल्लाहकार रविन्द्र बस्नेतले जानकारी गराएका छन् ।

श्रीकृष्णालय आइ केयर सेन्टर एण्ड अप्टिकलले निःशुल्क आंखा शिविरका लागि सहयोग गरेको थियो । श्रीकृष्णालय आइ केयर सेन्टर एण्ड अप्टिकलका चिकित्सक तथा स्वास्थ्यकर्मीले आंखा परिक्षण गरी उपचार गरेका थिए ।

भूपू सैनिक बहुउद्वेश्य सहकारीका अध्यक्ष राजकुमार केसीको अध्यक्षता, व्यवस्थापक टोपबहादुर खड्काको सञ्चालन र सहव्यवस्थापक रोजिना कुंवर बस्नेतको स्वागतमा कार्यक्रम भएको थियो ।