कपिलवस्तु अस्पतालमा डायलासिस सेवा शुभारम्भ

कपिलवस्तु, जेठ ६ गते । कपिलवस्तु अस्पतालमा हेमोडायलासिस सेवा शुभारम्भ गरिएको छ । बुधबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले रिबन काटेर डायलिसिस सेवाको शुभारम्भ गरेका हुन् ।

अहिले दुई बिरामीले सेवा लिरहेको तथा पाँचवटा मेसिन रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले जानकारी गराए ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर किशोर बन्जाडेका अनुसार सेवा निःशुल्क लागि तयारी भइरहेको र २८ जना बिरामी सम्पर्कमा रहेका छन् ।
लुम्बिनी प्रदेश सांसद विष्णुपन्थी, सुधार पाण्डे, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न अस्पताललाई आग्रह गरेका छन् ।

अस्पताल विकास समितिका अध्यक्ष श्याम प्रजापतिले अस्पतालमा विगतको तुलनामा सेवाहरू प्रभावकारी बन्दै गएको दाबी गरेका छन् ।

श्रोत किरणमान बर्जचार्य ।