मेरो बुजाइमा रबि गम्भीर संकटमा


खिमबहादुर बिक
अहिले रबि गम्भीर संकटमा देखिन्छन, सहकारी बाहेक रबिमा राजनैतिक र ब्यहबारिक पनमा केही परिबर्तन भएको भान हुन्छ, एउटा पार्टी मात्र होइन लगभग दुई तिहाइको सरकार, त्यसैमाथि लगभग ९० प्रतिशत नयाँ सांसदहरु, मन्त्रीहरुलाई नेपालको कानुन, संविधान र सरकार संचालनको बारेमा थाहा नहुनु स्वभाबिक नै हो! ।

रबिको बारम्बार को प्रशिक्षण आयोजना गर्नुको मुख्य उद्देश्य पनि सिस्टम बसाल्नु नै देखिन्छ । पछिल्लो प्रशिक्षणमा रबिको अत्यन्तै परिपक्वता देखियो, गणतन्त्र नेपाल निर्माणसम्मको यात्रामा पुराना राजनैतिक दलहरु र नेताहरुको त्यागको धरातलिय ब्याख्या गर्दै एक प्रकारले सित्तैमा हामीले पाएको अबसरलाइ गुम्न नदिन अफ्ना सांसदहरुलाइ सजग गराएको देखियो ।
साथमा सभामुख डिपि अर्याल पनि सम्सदलाइ आफ्नो लागेपुगे सम्म राम्रै तरिकाले संचालित गर्ने प्रयेत्नमा देखिन्छन! । तर रबिलाइ मुख्य समस्या र टाउको दुखाइ आफ्ना पार्टीका बरिस्ठ नेता तथा प्रधानमन्त्री बालेन साहको अनौठो क्रियाकलाप देखि नै उत्पन्न भयेको प्रष्ट देखिन्छ! ।
रबि पार्टी सभापति हुनुहुन्छ,तर जुन पार्टीको चुनाब चिन्हमा जितेर प्रधानमन्त्री भए बालेन न त्यो पार्टीको बैठकमा जान्छन,न प्रशिक्षणमा जान्छन, यस्सो हेर्दा रबिको सरकारमा कुनै पकड नभएको देखिन्छ,जबकी आफ्नै पार्टीको दुई तिहाइको सरकार छ! । 

विश्वकै लोकतान्त्रिक ब्यबस्था भयेका देसहरुमा सरकार प्रमुख नै जवाफदेही हुन्छन,तर बालेन साह यो सबै सिस्टममा ढल्न नचाहेको प्रष्ट देखिन्छ!! सरकारको नीति तथा कार्यक्रम मा उठेका जवाफ दिने सबालमा प्रधानमन्त्री ले वास्ता नगर्दा सम्सदमा हङ्गामा भयेको छ देसैभरी प्रधानमन्त्री र रास्वपा को बदनामी भएको छ ।
पक्कै पनि रबि लामिछाने र अर्याल ले प्रधानमन्त्री लाई सम्सदमा आयेर जवाफ दिनको लागि कोसिस गरेकै हुनुपर्छ तर बालेन साहले मान्ने,सुन्ने भन्दा पनि पार्टीको निर्देसन र सभापति को अपमान गरेकै देखिन्छ, बालेन आफ्नै पारा र आफ्ना पुराना सहयोगी टिमद्वारा नै चलेको देखिन्छ । यो प्रबृत्ति रास्वपा र सभापति लामिछानेका लागि गल्पासो नै भएको प्रष्ट देखिन्छ, सभापतिलाई नटेरेकै देखिन्छ! । अर्कोतर्फ रबि स्वयं माथी सहकारी ठगी जस्तो गम्भीर मुद्दा ले आफैमा तनाबमा छन,फैसला के कस्ता आउने हुन उन्लाइ पनि थाहा नहुन सक्छ ।
हाम्रो देसमा धेरैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति माग गर्छन, पहिलो कुरा त यो छोटो समयको बालेन साहका हर्कतहरुले नै संकेत गरेको छ कि प्रत्यक्ष अधिकार पाए एउटा ब्याक्तिले जे पनि गर्न सक्छ । त्यो संसदको,सबाल होस, वा पार्टीको सबाल होस या जनता र राष्ट्रियताको सबाल होस् । सुकुम्बासी बस्तिहरुमा डोजर चलाउने बिषयमा पनि रबि लामिछाने तेति सहमत र खुसी देखिदैनन! किनकी बाहिर मिडियामा जे हल्ला चलाय पनि येस्को मर्मको प्रतिफल गम्भीर हुनसक्छ भन्नेमा रबि देखिन्छन तर बालेन आफुखुसी चल्दा रबिले रोक्न सकेनन ।
अर्को अमेरिकी राष्ट्रपति प्रत्यक्ष निर्बाचित हुन जनताले नै चुनेका हुन तर हामी देख्न सक्छौ कि आज विश्व मानबजाती को प्रमुख दुश्मन डोनाण्ड ट्रप बनेका छन,जहाँ पायो,जलाइ पायो कत्लेआम गर्दै हिडेका छन । समग्रमा रबि लामिछानेलाई प्रधानमन्त्री बालेन साह का स्वैछ्याचारी क्रियाकलाप हरुले अप्ठ्यारोमा पारेकै देखिन्छ ।
यो सानो लेखमा मेरो आफ्नो बुजाइबारे छोटकरीमा लेखेको मात्रै हु ।
लेखम मुल प्रवाह अहिखल भारत नेपाली एकता समाजका नेता हुन् ।























