समाज सेवामा सक्रिय यशोदा

बुटवल, असार १४ गते । देख्दा सामान्य खालकी देख्न सकिन्छ, तिलोत्तमा १२ मोहनाजोत निवासी यशोदा थापा क्षेत्रीलाई । तर व्यबहारमा भने उनी असधारण रुपले प्रकट भएर समाज सेवामा सक्रिय छन् ।

पहिला शिक्षक पेशा अगालेकी ४१ बर्षीय यशोदाले कृषक बनेर गाइफम सञ्चालन गरिन् । कपडा पसलसमेत चलाएर अनुभव बटुलेकी यशोदाले मेट्रो कम्पनीमा पनि काम गरेको अनुभव छ । विभिन्न पेशा व्यवसाय गरेकी उनै यशोदा केही वर्ष यतादेखि यशोदा सेवा समाज नामक संस्था स्थापना गरी समाजको सेवामा सक्रिय छन् ।

मनैदेखि समाज सेवा गर्ने भावना मनैबाट आएपछि सामाजिक सेवामा लागेको बताउछिन् यसोदा । समाज सेवामा लागेकी यसोदाले २०८१  \ १२\ ८ गते यशोदा सेवा समाज विधिवत रुपमा दर्ता गरेर सक्रिय छन् । समाजरमा रहेको गरिबी, अशिक्षा, पछौटेपनको अन्त्य हुनुपर्ने, समाजमा शान्ति, सुरक्षा र आपसी सद्भाव कायम हुनुपर्ने र त्यसका लागि पनि आफुले समाज सेवा जस्तो पवित्र यात्रा तय गरेको यशोदाको भनाइ छ ।

धर्मिक क्षेत्रबाट पनि समाजमा सेवा पुराउन सकिने र मासिहरुलाई सक्दो सहयोग गर्न सकिने भएको महसुस गरेर यशोदाले नेपाल र भारतका धेरैजसो तिर्थ स्थलहरुमा भक्तजनलाई भ्रमण गराइ सकेकी छन् ।

यशोदा सेवा समाजबाट समाजका हरेक मानिसलाई सामाजिक अभियानमा जोड्दै जोड्दै अघि बढ्न सक्रिय यशोदाको सक्रियातामा नै तिलोत्तमा नगरपालिका वडा नम्बर १२ को मोहनाजोत गाउंको चोकमा यशोदा सेवा समाजको कार्यालय स्थापना गरिएको छ ।

  अबदेखि सोही कार्यालयबाट समाज सेवाका गतिविधि सञ्चालन गर्ने उद्वेश्यले स्थापना गरिएको उक्त कार्यालयको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खांणले उद्घाटन गरेका छन् ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खांणले समाज सेवा जस्तो पवित्र काम गरेर मानवीय सहयोग पुराउंदै आउनुभएकी यशोदाको अभियानलाई नगरपालिकोको तर्फबाट सहयोग पुराउने प्रतिबद्वता जनाए । समाज सेवामा लाग्न सजिलो नभएपनि गरिबी, अशिक्षा, पछि परेको समाजलाई उज्यालो र अधिकार सम्पन्न गराउन सहयोग पुग्ने भएकाले यशोदा जस्ता महिला सामाजिक अभियान्ताले गरेको कामलाई सबैले साथ सहयोग पुराउनु पर्नेमा नगर प्रमुख खांणले बताए ।

  समाजसेवी तथा यशोदा सेवा समाजकी अध्यक्ष यशोदा थापाले आर्थिक अवस्था कमजोर भएका थुप्ै बालवालिकालाई शैक्षिक सामाग्री दिएर स्कुल जानका लागि हौसला प्रदान गरेको र समाजका थुप्रै मानिलाई नेपाल र भारतका धार्मिक स्थलहरुमा अवलोकन भ्रमण गराएको जानकारी गराईन ।   

यशोदा सेवा समाजकी अध्यक्ष यशोदा थापाको अध्यक्षता र सिर्जना लम्सालको सञ्चालनमा भएको कार्यालय उद्घाटन कार्यक्रममा तुकतुकिया टोल विकास संस्थाका छोटेलाल यादव, कन्या गुरूकुलका उपाध्यक्ष मोहन कार्की, बुटवल ११ स्थित नव दुर्गा भजन समितिकी कोषाध्यक्ष राधा कार्की लगायतले बोल्दै यशोदाको समाज सेवा गर्ने अभियानका प्रसंसा गर्दै सबैले साथ सहयोग पुराउने बचन बद्वता जनाए ।