बजेट २१ खर्ब २४ अर्ब ३४ करोड

बुटवल, जेठ १५ गते । सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ ।

शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने बताएका छन् ।
बजेटको आकार अनुसार राजस्व १४ खर्ब ४ अर्बको रहने र अनुदानतर्फ ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणतर्फ २ खर्ब ४७ अर्ब रहने अर्थमन्त्रीले सार्वजनिक गरेका छन् ।

जसमा आन्तरिक ऋणतर्फबाट ४ खर्ब १० अर्ब र चालुतर्फ १२ खर्ब ७० अर्ब रहने छ । बजेटमाथि चासो चिन्ताका साथ सरोकारवालाहरुले सामाजिक सञ्जालहरुबाट आआफ्ना तर्कहरु राखिरहेका छन् ।