कम्युनिष्ट संग्रालयद्दारा स्वरोजगार तथा उद्यमशील तालिम


श्यामलाल पोखरेल
बुटवल, जेठ १५ गते । कम्युनिष्ट संग्रालय नेपालले बुटवलमा युवा, विद्यार्थीलाई लक्षित गरी स्वरोजगार तथा उद्यमशीलता सीपमूलक तालिम सञ्चालन गरेको छ ।

युवाहरुलाई लक्षित गरी जेठ १५ गते शुक्रबारदेखि सञ्चालित स्वरोजगार तथा उद्यमशीलता तालिम तीन दिनसम्म चल्ने छ ।
तालिममा युवा स्वरोजगार, उद्यमशीलता, कृषि व्यवसाय, अर्थतन्त्र, सीप विकास तथा विभिन्न विषयमा विष्य विज्ञहरुबाट तालिम प्रदान गरिने छ ।
स्थानीय युवाहरूको सीप विकास, उद्यमशील सोच अभिवृद्धि तथा आत्मनिर्भरता प्रवद्र्धन गर्ने तालिमको मुख्य उद्देश्य रहेको कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले जानकारी गराए ।
शुक्रबार बिहान बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले तालिम उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उपमहानगर प्रमुख पाण्डेले देशलाई स्वरोजगारको सिर्जना गरेर बिरोजगार हटाउनका लागि स्वरोजगारमूलक सीपमूलक उद्यमशीलता तालिमहरुको खांचो रहेको बताए ।
नगर प्रमुख पाण्डेले युवाहरूलाई स्वरोजगार र उद्यमशीलतामा आकर्षित गर्नुपर्ने र त्यसका लागि हरेक प्रकारका सीपमूलक तालिम सञ्चालन गरेर युवा पुस्तालाई आर्कषित गर्नुको अर्को कुनै बिकल्छ नभएको बताए ।

गणतन्त्र दिवसको अवसरमा तालिम शुभारम्भ गरेर नयां पुस्ताका युवाहरुलाई दिन खोजिएको सन्देश सकरात्मक रहेको बताउंदै गाणतन्त्रबारे पनि नयां पुस्तालाई जानकार गराउनु पर्नेमा जोड दिए । गणतन्त्र ल्याउन भन्दा जोगाउन कठिन भएको बताउंदै उनले भने – हिजो गणतनत्र ल्याउन लडेकाहरु अब गणतन्त्र जोगाउन फेरी एक ठाउंमा उभिनुपर्छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले नयां पुस्तालाई सीपसंग जोड्नु पर्ने र त्यसका लागि स्वरोजगार तथा उद्यमशील तालिमहरु सञ्चालन गरेर आत्मनिर्भरको बाटो तय गर्नुपर्नेमा जोड दिए । युवाहरु स्वरोजगार भएमा देशमा सम्वृद्दि आउने बताउंदै नयां युवाहरुलाइृ स्वदेशमै अडाउने गरी रोजगारीको व्यवस्था गर्नका लागि सबै क्षेत्रले महत्वपूर्ण योगदना पुराएर काम गर्नुपर्ने बेला आएको बताए ।
कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्यले कम्युनिष्ट संग्रालयको उद्देश्य युवाहरुलाई रोजगार बनाउने र देशमा सही प्रकारको साशन व्यवस्था कायम गर्ने उद्देश्य रहेको बताए ।
पहिलो दिन व्यवस्थापन विषयमा पुस्तकालय विज्ञ शिवराज अधिकारी, बुटवल उपमहानगरपालिकाका युवा स्वरोजगार तथा उद्यमशीलता सम्बन्धी विषय विज्ञ अरबिन्द पाण्डे सह–प्राध्यापक लिलाबहादुर केसीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।
कम्युनिष्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यको अध्यक्षता र सचिव लिलाबहादुरको सञ्चालनमा भएको तालिम तथा प्रशिक्षण उद्घाटन कार्यक्रम भएको थियो । 
३६ जनाको सहभागिता रहेको तालिममा दोस्रो दिन भूमण्डलीकरण, उदारीकरण, नीजिकरण र आर्थिक चुनौतीबारे सह–प्राध्यापक लिलाबहादुर केसी, पशुपंक्षी चिकित्सक लोकराज भुसालले उद्यमशीलताको अवधारणा, अवसर र चुनौतीबारे र कृषि तथा पशु पंक्षी विज्ञ तुल्सीराम भण्डारीले व्यावसायिक कृषि र पशुपालनमा युवा स्वरोजगारको सम्भावनाबारे प्रशिक्षण दिने छन् ।
त्यस्तै तेस्रो दिन सीप विकास विज्ञ बुद्धि पन्थीले साना, लघु तथा मझौला उद्योग सञ्चालन र सीप विकासबारे, शिवराज अधिकारीले संग्रालयको अभिलेखीकरण’ विषयमा, चेतनाथ आचार्यले उपभोक्तावादी संस्कृति, लोकप्रियतावादबारे प्रशिक्षण दिने छन् ।
त्यस्तै अधिवक्तासमेत रहेका अर्थशास्त्री राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रिय अर्थतन्त्र निर्माणमा प्राकृतिक स्रोतसाधनको योगदान र दलाल पुँजीवादको प्रभावबारे प्रशिक्षण दिने कार्यक्रम रहेको कम्युनिष्ट संग्रालयका केन्द्रिय सदस्य पदमप्रसाद श्रेष्ठले जानकारी गराएका छन् ।























