सीमा अतिक्रमविरुद्ध पोखरामा बिरोध प्रदर्शन

पोखरा, जेठ ३१ गते । सीमा अतिक्रमणको बिरोध गर्दै कास्कीको पोखरामा प्रदर्शन गरिएको छ । राष्ट्रिय जनमोर्चा कास्की, नेकपा माओावादी कास्की र क्रमान्तिकारी कम्युनिष्ट पार्टीको आयोजनामा सीमा अतिक्रमणविरुद्व प्रदर्शन गरिएको हो ।

बिरोध प्रदर्शनपछि महेन्द्रपुलमा कोणसभा गरिएको थियो । कोणसभामा राष्ट्रिय जनमोर्चाका नेता शंकर बराल, नेकपा मसाल कास्कीका प्रबक्ता चन्द्रबहादुर केसी नेकपा माओबादीका जिल्ला सेक्रेटरी उमेस सिके ,क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता केश बहादुर परियार, ब्युरो सेक्रेटरी श्याम केसी, जिल्ला सेक्रेटरी बिक्रम थापा, अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष गणेश अधिकारी, समता समाजका केन्द्रिय सदस्य बिष्णु बिक, अखिल नेपाल किसान संघ जिल्ला अध्यक्ष गंगाबहादुर थापा, बुद्धिजीवी संघका जिल्ला नेता प्रबिन पौडेललगायतका नेताहरुको सहभागिता रहेको थियो ।

उक्त कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता रबिमोहन ढकालले देश जोगाउन अब सबै मिलेर एकताबद्द हुनजुपर्नेमा जोड दिंदै यो सरकारले दिनदाहाडै नेपालको समिा मिचिदा पनि बोल्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
देशभक्त शक्ति एक भएर आफ्नो देशको सीमा कायम गर्नुपर्ने बेला आएको नेता ढकालले बताए ।