अभिभावकलाई छोरा छोरीको कोठा खानतलासी गर्न सुझव

नमस्कार ! अभिभावक ज्यूहरु ।
विषय – महिनाको एक पटक छोरा छोरिको कोठा खानतलासी सम्बन्धमा ।

अभिभावक ज्यु, आफ्नो जिबनका हरेक कठिनाइ भुली आफ्नो खुसी र सपना लाई छोराछोरी को जिबनमा समर्पण गर्न चाहाने हरेक मातापिताको चाहाना हुन्छ ।

अहिले को बढ्दो डिजिटल युगमा सकारात्मक सङ्गै धेरै नकारात्म प्रवृत्ति तपाईं हाम्रा छोराछोरिमा परेको यथार्थ लाई नकार्न सकिँदैन । सामाजिक सन्जालको गलत प्रयोग सङ्गै मोबाइलमा सजिलै आउने अस्लिल साइटबाट हाम्रा भबिस्यका सहारा कतै सामाजिक सन्जालको कुलतमा त छैनन ? कृपया दैनिक रुपमा एक घन्टा समय छुट्टाइ आफ्नो मोबाइल चेक गर्नुहोस ।
अर्को कुरा अहिले ७, ८ कक्षा पढ्ने बच्चा देखि ब्यस्क सम्मलाइ डिजिटल चुरोट अर्थात भेप ले आकर्षित गरेको तथ्यांक डरलाग्दो छ , फेलेबर मिश्रित यो चुरोटले युवा लाई लागुपदार्थ मा प्रबेस गर्ने सजिलो माध्यम बनाएको नि हुन सक्छ , एक दिन हामि बुटवलको गर्मिका कारण साथिभाइ भै खोलामा नुहाउन गएका थियौ । त्यही बेला बुटवलकै प्रतिष्ठित बिद्यालय बाट क्भ्भ् दिएका ९ जना आए तर दुखको कुरा ९ जनालेनै डिजिटल चुरोट (भेप) खल्ती बाट निकाली बुङ्ग, बुङ्ग धुवा उडाउन थाले अनि म उनीहरुलाइ जान्ने इच्छाले कुरा सुरु गरे ९ जना मध्ये ७ जनाको बुवा उनीहरुकै उज्ज्वल भबिस्यका लागि बैदेसिक रोजगारिमा जानू भएको रहिछ । त्यो चार्ज गर्नुपर्ने र महँगो नि हुने हुनाले घरमै चार्ज र सुरक्षित स्थानमा राख्ने पक्कै गछ्र्न ।

तसर्थ अभिभावक ज्यू तपाइको भबिस्य छोराछोरीको बिसालु पदार्थ तपाइकै घरमा सुरक्षित हुन सक्दछ । जसले तपाइको छोराछोरीलाई कुलतमा डोराइरहेको छ ।

कृपया महिनाको एक दिन उनिहरुको कोठा थाहा निदिइ बिधालय गएको समयमा खानतलासि गरिदिनु हुन अनुरोध गर्दछु ।

उही तपाइको सुभ चिन्तक
प्रकाश भुसाल, बुटवल