रुपन्देही व्यापार संघमा महिलाका लागि क्षमता विकास कार्यक्रम

बुटवल, ७ असार । रुपन्देही व्यापार संघमा ‘महिला उद्यमी लक्षित उद्यमशील क्षमता विकास कार्यक्रम गरिएको छ ।
महिला वस्तुगत उपसमितिको आयोजनामा महिला उद्यमीहरूको व्यावसायिक दक्षता र नेतृत्व क्षमता अभिवृद्धिका वर्तमान आर्थिक मन्दीको अवस्थामा महिला व्यवसायीलाई बजारमा टिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

आइतबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले महिलाहरु आर्थिक रूपले आत्मर्निभर हुनुपर्नेमा जोड दिए । संघमा आबद्ध तथा बाहिर रहेका सम्पूर्ण महिला उद्यमीहरूको क्षमता विकास, सीप प्रवद्र्धन र बजारीकरणका लागि संघले सधैं अग्रणी भूमिका खेल्ने बताए ।

कार्यक्रममा संघका कार्यसमिति एवं महिला वस्तुगत उपसमितिका संयोजक लक्ष्मी भट्टराईले व्यावसायिक क्षेत्रमा प्रविधिको प्रयोग र बजार व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको बताइन ।

महिला वस्तुगत उपसमितिकी संयोजक सरिता नेपालले उपसमितिमार्फत आगामी दिनमा महिला व्यवसायीहरूलाई थप सिर्जनशील र आत्मनिर्भर बनाउने खालका रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्दता जनाइन ।

तालिम अवधिभर सहभागी महिला उद्यमीहरूलाई वर्तमान बजारको माग, डिजिटल मार्केटिङ, ग्राहक व्यवस्थापन, वित्तीय साक्षरता र संकटका बेला व्यवसाय व्यवस्थापन गर्ने व्यावहारिक तरिकाहरूबारे प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा ठूलो संख्यामा महिला व्यवसायीहरूको उत्साहजनक सहभागिता थियो ।

संघ अन्तर्गतको महिला वस्तुगत उपसमिति संयोजक सरिता नेपालको अध्यक्षता, सचिव गौरी न्यौपानेको संचालनमा भएको कार्यक्रममा प्रमुख प्रशिक्षक मुकुन्द ज्ञवालीले सहजीकरण गरेको कार्यक्रममा ३२ जना महिलाको सहभागिता थियो ।

रुपन्देही व्यापार संघले व्यवसायिक रुपमा सीपमूलक खालका कार्यक्रम तथा तालिमहरु सञ्चालन गर्दे आएको छ ।