राजमोका नेता, प्यूठान स्वर्गद्वारी नपाका उपप्रमुख मिनराजको सडक दुर्घटनामा निधन


बुटवल, असार १३ गते । राष्ट्रिय जनमोर्चाका नेतासमेत रहेका प्युठान स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको सवारी दुर्घटनामा निधन भएको छ।

शनिबार दिउँसो स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी अनियन्त्रित भई करिब भिरबाट करिव ५ सय मिटर तल खस्दा रानाको निधन भएको वडाध्यक्ष गिरीबहादुर गुरुङले जानकारी जानकारी गराएका छन् । 
उपमेयर मिनराज राना मगरले आफैले चलाएको गाडी झन्डै ५ मिटर तल झरेर रूखमा अड्किएको अवस्थामा फेला पारिएको बताइृएको छ । बनमा गाई गोरु चराउन गएका गोठालाहरूले देखेर जानकारी गराएका थिए ।
घटनास्थलबाट वडाध्यक्ष गुरुङले दिएको जानकारी अनुसार, राना स्वर्गद्वारी नगरपालिका–२ स्थित बाङ्गेसल्लामा एक कार्यक्रम सम्पन्न गरी नगरपालिकातर्फ फर्किनेक्रममा खाला भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो ।

घटनास्थलमा पुगेका स्थानीय र प्रहरी प्रशासनले लामो समय लगाएर गाडिले च्यापिएको अवस्थामा उपमेयर रानाले निकालिएको स्थानीयले बताएका छन् ।
५० वर्षिय उपप्रमुख मिनराज रानाका श्रीमती र तीन छोरा छन् । स्व. रानाको निधले स्वर्गद्वारी नगरपालिका शोकमग्न बनेको छ ।























