रक्तिम सांझले बुटवलमा दर्शकको मन जित्यो


श्यामलाल पोखरेल
बुटवल, असार १३ गते । रक्तिम सांस्कृतिक अभियानले शनिबार बुटवलमा ‘विशेष रक्तिम साँझ आयोजना गरेको छ ।
राष्ट्रिय जनमोर्चाको सांस्कृतिक मोर्चा रक्तिम सांस्कृतिक अभियानले देशका विभिन्न ठाउंमा रक्तिम सांझ प्रदर्शन गर्दै आएको छ । 
गत जेठ १६ गते काठमाण्डौको राष्ट्रिय नाचघरबाट सुरु भएको सो कार्यक्रम अन्तर्गत जेठ १७ गते चितवन, २३ गते बाग्लुङ, २५ गते पोखरा, ३० गते गुल्मी, ३१ ग्ते अर्घाखांचीमा सम्पन्न भएको छ । यस्तै असार ६ गते रोल्पा, असार ७ गते प्यूठान र असार १४ गते दाङको घोराहीमा रक्तिम सांझा हुंदै छ । 

रक्तिम सांझ २०८३ मा रक्तिमका नयां र पुराना कलाकारहरुको सहभागिता रहेको रक्तिम सांस्कृतिक अभियानका सचिव हेमराज आश्रमले बताए । रक्तिम सांझमा रक्तिमका सस्थापक अध्यक्ष जीवन शर्मासहित नयां र पुराना गरी ३ दर्जन बढी कलाकारहरुको सहभागिता रहेको छ । 
परिवर्तनको पक्षमा ३० को दशकदेखि गीत र नृत्य प्रस्तुत गर्दै आएको रक्तिमले लामो समयको अन्तरालमा देशका विभिन्न ठाउंमा रक्तिम सांझा कार्यक्रम प्रस्तुत गरेको हो । 

शनिबार बुटवल उद्योग वाणिज्य संघको हलमा आयोजित रक्तिम सांझमा हामी एक हौ, कम्युन संस्कृति, आएन परदेशी, फेरीपनि हुकुमी साशन चल्दै छ, कौरा नृत्य, प्यारोडी गायन, किन चाहियो संघीयता ?, बढ्दै जाउ जस्ता कालाजायी गीत तथा नृत्य पहिलो खण्डका प्रस्तुत गरिएको थियो । 
दोस्रो खण्डमा चट्टानको झिल्को, ज्वालामुखि, आधीको बेग बनी, अक्टोबर क्रान्ति, रुख भन्छ पात भन्छ जस्ता गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै रक्तिम सांस्कृति अभियानका स.स्थापक अध्यक्ष जनगायक जीवन शर्माले सिमली छायां, मुस्कुराउंदै जाउ, शीर झुक्दैन भन्ने जस्ता गीत र नृत्य प्रस्तुत गरिएको थियो । 
दर्शकले खचाखच भपिरएको उक्त हलमा करिव साढे ३ घण्टा कार्यक्रममा दर्शकले मत्रमुग्द भएर हेरेका थिए ।
उक्त रक्तिम सांझमा नेकपा मसालका महान्त्री मोहनविक्रम सिंहले रचना गरेको युग बोल्छ नाटक भने समय अभाकाका कारण देखाउन नसकिएको रक्तिमका अध्यक्ष गिरी बुढाले बताए । 
आएन प्रदेशी फेरि पनि लाग्यो बर्खा भन्ने गीत तथा नृत्यले दर्शक मन्त्रमुग्द भएका थिए । बर्र्खा लाग्यो, खेतबारीको काम बढ्यो, तर प्रदेशमा रहेका आफ्ना प्रियजनको सम्झना झन् गहिरो बन्दै गयो। गाउँघरमा बसेकी चेलीको पीडा, प्रतीक्षा र भावनालाई समेटिएको मार्मिक गीत “आएन प्रदेशी फेरि पनि लाग्यो बर्खा“ मा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूको मन छुने नृत्य प्रस्तुत गरेका थिए । त्यसो त जीवन शर्मा लगायत सबै कलाकारहरुले गाएको गीत र नृत्यलाइृ दर्शकले खुबै मन पराएर गर्मीमा साढे ३ घण्टा हेरेका थिए ।























