स्कुल छोडेर बादर लखेट्न बाध्य छन्, विशाल

प्युठान, असार १७ गते । प्यूठान गौमुखि ५ खुङ सुन्दरमेलाका विशाल सामत कापी कितावको झोला बोकेर स्कुल जानेबेला बांदर लखेट्न बाध्य छन् । उनका लागि अहिले स्कुलको भन्दा बादरले मकै खाइदिन्छ की भन्ने चिन्ता छ ।

स्कुल छोडेर मकैवाली जोगाउन बाध्य कक्षा ६ मा पढ्ने ११ वर्षिय विशाल बांदर लगार्नका लागि बारी छोड्न नसक्ने अवस्थामा पुगेका छन् । वर्षदिन खाने अन्न जोगाउनु उनका लागि स्कुल भन्दा ठूलो विषय बनेको छ ।

बंदरका कारण कमैबाली जोगाउन आफ्ना छोराछोरीलाइृ स्कुल जानबाट रोक्न बाध्यछन्, गाउं घरका किसानहरु ।
गौमुखी गाउँपालिका–५ का वडाध्यक्ष बरुनध्वज मल्लले बाँदर आतंकले गाउंका किसानले वार्षेनी क्षती पुराउंदै आएको बताए । “किसानले दुःख गरेर लगाएको बाली जोगाउन समस्या छ । स्कुले विद्यार्थीसमेत अहिले स्कुल छोडेर बांदर लखट्न बाध्य छन्, वडाध्यक्ष मल्ले भने ।

बादर आतंक नियन्त्रणका लागि प्रभावकारी सरकारी नीति, राहत तथा दीर्घकालीन समाधान आवश्यक रहेको बताउंदै वडाध्यक्ष मल्लले भने – गाउंघरका किसानहरुलाई धेरै समस्या भएकाले माथिका सरकारहरु यो विषयमा गमभीर हुन जरुरी छ ।

खुङका स्थानीय किसान तथा समाजसेवी युवा दशरथ मल्लका अनुसार बाँदरका कारण गरिब किसानहरु भ्mन गरिब हुंदै जाने अवस्था छ । मैबालीबाट जीविका चलाउने किसानहरु ध्ेरै समस्यामा छन् । हाम्रो बिकट गाउं मकैबाट धानिएको छ । केही वर्ष यतादेखि बांदर आतंकले किसनाहरु ीनरास बन्दै गएका छन् ।

गौमुखि खुङका किसानहरुले बाँदर नियन्त्रणका लागि प्रभावकारी योजनासहित कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन् ।

प्यूठान गौमुखि ५ खुङका विशाल सामत स्कुल छोडेर पनि बांदर हेर्ने एउटा पात्र मात्रै हुन् । यो समयमा खुङ जस्तै थुप्रै गाउंमा किसानका छोराछोरीहरु स्कुल छोडेर भएपनि बांदर लखटेर अन्नबाली जोगाउन बाध्य छन् ।

च्ट्याङ्ले समस्यामा पर्दै आएको केही वर्ष यतादेखि बादर आतंकले पनि समस्या झेल्न थालेको छ ।