सांसदहरुले स्वकीय सचिव राख्ने भए

बुटवल, असार ३२ गते । संघीय संसद्का सांसदहरूले स्वकीय सचिव राख्न पाउने भएका छन् । सरकारले स्वकीय सचिव राख्न पाउने निर्णय गरेपछि सांसदहरुलाइृ स्वकीय सचिव राख्ने बाटो खुलेको छ।

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको हो ।
यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा, सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्व सरकारको २०८२ असोज ५ को मन्त्रिपरिषद्को बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्ने सुविधा कटौती गरेको थियो ।

सरकारको यो निर्णयसँगै संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा २७५ र राष्ट्रिय सभा ५९ सांसदले स्वकीय सचिव राख्न पाउने भएका छन् । सांसदहरुले स्वकीय सचिव राख्न पाउने गरी सरकारले निर्णय गरेसंगै सयौंले जागिर पाउने निश्चित भएको छ।

खर्च कटौती गर्ने भन्दे सुशीला कार्कीको सरकारले स्वकीय सचिव राख्न पाउने अधिकार कटौती गरेपछि बालेन्द्र सरकारले पुनः स्वकिए सचिव राख्न पाउने निर्णय गरेपछि सरकारको चौतफी रुपमा आलोचना भएको छ ।