काठमाण्डौको माइतीघर क्षेत्र डुबानमा

काठमाण्डौ, असार ३२ गते । बिहीबारको वर्षाका कारण काठमाण्डौको माइतीघर क्षेत्र डुबानमा परेको छ ।

वर्षातका कारण डुवान भएपछि सवारीका साधन चलाउन समस्या भएको थियो । त्यस्तै सडकमा आवतजावत गर्न सडक यात्रीले जोखिम मोल्नु परेको थियो ।

देशको राजधानी जस्तो विकसित शहर काठमाण्डौको महत्वपूर्ण ठाउं डुवानमा परेपछि अन्य क्षेत्र जस्तै तराई क्षेत्र के सुरक्षित होला र ?