एमाले उपाध्यक्ष विष्णु पौडेलबिरुद्द मुद्दा दायर, २० करोड ९० लाख बिगो दावी


बुटवल, असार ३२ गते । एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेललाई २० करोड ९० लाख रुपैंया सम्पत्ति शुद्धीकरण गरेको आरोप छ । विष्णु पौडेल गायत १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतले जारी गरेको सूचना अनुसार, पौडेललाई सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेको छ ।
विभागले पौडेलको बैंक खातामा भएको ६ लाख ३४ हजार रुपैंया जफत गर्न मागदाबी गरेको बताईको छ ।
























