साउने दोस्रो सोमबारः महादेवस्थानमा भक्तालुको भीड

काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार भगवान् शिवको पूजा आराधना गरिएको छ । हिन्दू धर्मावलम्बीहरुका लागि वर्षकै पवित्र दिनको
रुपमा लिइने दोस्रो साउने सोमबारमा शिवको पूजा आराधना गरिरहेका छन् ।

साउन महिनाको सोमबार भगवान् शिवको विशेष पूजा आराधना गर्ने परम्परा छ । यस दिन नदी तथा तलाउमा गई स्नान गर्ने र शिवलिङ्ग तथा शिव मन्दिरमा जल तथा बेलपत्र चढाउने प्रचलन छ ।

साउन महिनाको सोमबार शिवको व्रत तथा पूजा गर्दा विशेष फलदायी हुने धार्मिक विश्वास छ । पशुपतिनाथ लगायत देशैभरका शिवालयहरुमा भक्तजनको भीड रहेको छ । सो क्रममा काठमाडौँको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको छ।

भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरु बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजा सामग्री चढाउँदै भक्तजनहरुले शिवको विशेष पूजा गरिरहेका छन् ।