रक्तिम बाग्लुङको सम्मेलन सम्पन्न, नयां कार्यसमिति चयन


जीत क्षेत्री
बुर्तिबाङ, फागुन ९ गते । रक्तिम साँस्कृतिक अभियानको छैठौँ बाग्लुङ जिल्ला सम्मेलन भएको छ । यही फागुन ७ र ८ गते बुर्तिबाङमा रक्तिम साँस्कृतिक अभियानको छैठौँ बाग्लुङ जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
महान् सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दवाद, प्रगतिशील तथा जनवादी सांस्कृतिक आन्दोलन जिन्दवाद भन्ने मुलनाराका आइतबार साथ खुल्ला सत्रको कार्यक्रम र सोमबार बन्द सत्रको कार्यक्रम भएको हो ।

सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष गिरीप्रसाद बुढाले प्रगतिशील साहित्य र संस्कृतिको महत्वबारे स्पष्ट पार्दै प्रगतिशील साहित्य र संस्कृतिको पक्षमा उभिन आग्रह गरे ।
रक्तिम सांस्कृतिक अभियानले २०४३ सालमा स्थापन भएदेखि नै देशमा भएका विकृति, विसंगती र कुसंस्कारहरुको विरोधमा महत्वपूर्ण भुमिका निर्वाह गर्दैै आएको उनले बताए ।
रक्तिमले देशमा भएका हरेक गतिविधिहरुलाई जनवादी गीत, संगित र नृत्य मार्फत औँल्याउदै आएकोले यसलाई महाविद्यालय भन्नुपर्नेेमा जोड दिए ।
उनले रक्तिले निमार्ण गरेको जनवादी कला, साहित्य र संस्कृतिको प्रेरणाबाट हजारौँ नेपालीहरु नेपालको सामाजिक परिर्वतका लागि मैदानमा समाहित भएको बताए ।
देशको राजनिति र सामाजिक परिर्वतको सम्बन्धमा रक्तिमको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले भने – रक्तिम सांस्कृतिक अभियानलाई अझैँ संशक्त र जुजारु बनाएर अगाडी बढाउंछौ ।

नयां नेतृत्व
सम्मेलनले नयाँ जिल्ला कार्यसमितिसमेत चयन गरेको छ । पुनः सहविन अर्गेजाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको छ । जसको उपाध्यक्षमा पूर्णबहादुर भुजेल, सचिव कुलबहादुर छन्त्याल, कोषाध्यक्ष रुनमाया थापा, सहसचिव प्रमिला परियार, सदस्यहरुमा सवराज छन्त्याल, दिलेन्द्र बुढा मगर, रुनमाया सलामी, सुमन बुढा, जेनिसा थापा, सुसन कँडेल, लोक बहादुर गिरी र प्रकाश थापा मगर चयन भएका छन् । वैकल्पिक सदस्यहरुमा मनिषा थापा र गणेश विक चयन भएका छन् ।
यस्तै सल्लाकारहरुमा थुमराज ढुंगाना, गीता थापा, दानबहादुर थापा, टिकासंगम विक, विमल पाण्डे र वीरेन्द्र थापा चयन भएका छन् ।
रक्तिमलाई सांस्कृतिक, आर्थिक, सामाजिक रुपले मजबुत बनाउनुु पर्छ, यात्रामा कयौँ साथिहरुले साथ छोडछन्, जोडिन्छन् त्यसकारण पनि यस्ता कुराहरुले मजबुतीमा तपाईहरुलाई भ्रमित पार्न सक्छ, तपाईहरु निराश नहुनुहोस हाम्रो उदेश्य महान् छ, समाजवादी कला साहित्यको लक्ष्यमा पुग्नु छ, त्यसैले भर नभएका सांस्कृतिक कलाकर्मीहरु यताउता जादैमा रक्तिमको सांस्कृतिक आन्दोलन रोकिदै नरोकिने उनले बताए ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य गौरीश्वर पाण्डेले साम्राज्यवाद र प्रतिगमनकारी शक्ति मिलेर देशलाई आक्रमण गरेको आरोप लगाए ।
नेपाली जनताले लामो समयसम्म लडेर, ज्यानको बलिदान दिएर स्थापना भएको गणतन्त्र, धर्मनिरपेक्षता र बहुदलिय व्यवस्थामाथि चौर्तफी आक्रमण गरेको बताए ।
रक्तिमलाई बचाउन र रक्षा गर्नका लागि सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बेला भएको उनको भनाइ छ ।

खुसी साथ बसेका नेपाली जनतामा विदेशीकोपछि लागेर देशमा ठुला भनौदा पार्टीहरुले संघीयता र एमसीसी भित्राएर नेपालाई संकटमा लगेको नेता पाण्डेले बताए ।
नेकपा मसालका जिल्ला प्रवक्ता मेक बहादुर पाइजाले रक्तिम सांस्कृतिक अभियान पार्टीको महत्वपूर्ण मोर्चा हो जसको माध्यमबाट शोषित र निमूखा जनताको लागि जनचेतना जगाउने कलामार्फत प्रभावकारी माध्यम बनेको बताए ।
उनले पार्टीले रक्तिम सांस्कृतिक मोर्चालाई स्थापना गरी गाउँ गाउँ, बस्तीवस्ती, स्वदेश तथा विदेशका गल्लीहरुमा सांस्कृतिक अभियान सञ्चालन गरी राष्ट्र र राष्ट्रियता जोगाउनका लागि जनचेतना जागरित गर्दै आफना गतिलाई निरन्तरता दिदै आएको छ भने ।
जनसांस्कृतिक महासंघका केन्द्रिय कलाकार हेमेन्द्र घर्तीमगरले जनवादी कलाकारहरुको पिडाको बारेमा व्याख्या गर्दै उनले भने –जनवादी कलाकारहरुलाई बढि प्राथमिकता र व्यवस्थित गर्नुपर्छ ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय उपाध्यक्ष हेमराज आश्रम र सदस्य थुमराज ढुंगानाले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
त्यस्तै रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।
सम्मेलन अगाडी विभिन्न नाराहरु लगाउंदै बुर्तिबाङ बजार परिक्रम गरिएको थियो ।
सम्मेलनमा अखिल नेपाल शिक्षक संघ जिल्ला सहसचिव तथा ढोरपाटन नगर सदस्य सुनमाँया घर्ती, अखिल नेपाल महिला संघ ढोरपाटन नगर अध्यक्ष धन कुमारी कुवँर, जातीय समाज समाजका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष नरबहादुर सुनार, अखिल नेपाल बुद्धिजिवि संघका केन्द्रिय सदस्य धनबहादुर कुवँर, अखिल नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष मित्रदत्त ढकाल, नेकपा मसालका जिल्ला प्रवक्ता मेकबहादुर पाइजा, राजमो गण्डकी प्रदेश सदस्य तिलक थापा, अखिल नेपाल युवक संघका केन्द्रिय महासचिव भिमसेन बन, राजमोका केन्द्रिय सदस्य वेदिलाल सापकोटा, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य तम बहादुर घर्ति, राजमो का जिल्ला अध्यक्ष धर्मबहादुर कुवँर, अखिल नेपाल जिल्ला अध्यक्ष नेत्र बुढाथोकी लगायतले बोलेका थिए ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










