लायन्स स्टार्सद्दरा अस्पताललाई उपकरण सहयोग


बुटवल, भदौ १७ गते । लायन्स क्लब अफ बुटवल स्टार्सले नवलपरासीको बर्दघटमा रहेको चिसापानी अस्पताललाई ३ लाख ५० हजार बराबरको इलेक्ट्रोलाइट एनालाइजर उपकरण मेसीन सहयोग गरेको छ ।

लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मन्जीला घिमिरेलाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै बर्दघाट नगरपालीका नगर प्रमुख शम्भुलाल श्रेष्ठले सामाजिक क्षेत्रमा लायन्स स्टार्सले गरेको सहयोगले अस्पताललाई सहयोग पुग्ने बताए । नगरसरकारले जनतालाई स्वास्थ्यको पहुँचमा लागि प्रयास जारी राखेको भन्दै क्लबको साथ र सहयोगको अपेक्षा गरे ।
लायन्स डिष्ट्रिक ३२५ पिका गर्भनर पुरुशोत्तमभक्त प्रधानांगले सामाजिक क्षेत्रमा क्लबले महत्वपूर्ण कार्यक्रम गर्दै आएको बताउंदै सबैको सहकार्यले गर्दा स्वास्थ्य क्षेत्र फस्टाउने बताए । बर्दघाट नगरपालीका नगर उपप्रमुख रुन्द्रप्रकाश उपाध्यायले ग्रामिण क्षेत्रका जनताको स्वास्थ्यप्रति सबैको चासो बढ्नुपर्नेमा जोड दिए ।

क्लवका प्रथम डिष्ट्रीक भ्वाईस गर्भनर बालाराम भट्टराई बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल, क्लवका सेकेन्ड भिडिजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल, डिष्ट्रिक कोषाध्यक्ष प्रकाश श्रेष्ठ, नगर शिक्षा प्रमुख लोकराज पन्थी लगायतले बोलेका थिए ।
सोही कार्यत्रममा बर्दघाट नगरपालीका अन्र्तगतका सामुदायिक विद्यालयबाट सर्वाेत्कृष्ट नतिजा ल्याउने छात्र, छात्रालाई लायन्स क्लब अफ बुटवल स्टार्सले नगद, प्रमाण पत्र र पोशाक सहयोग गरेको छ ।






















