इज्मिर खाडीमा प्रदुषणले ठूलो वातावरणीय प्रकोप


काठमाडौँ । टर्किएका वातावरणमन्त्री मुरात कुरुमले बिहीवार पश्चिमी इज्मिर खाडीमा ठूलो पर्यावरणीय प्रकोप आउनसक्ने घोषणा गरेका छन् । हालैका हप्ताहरुमा ठूलो संख्यामा माछाको मृत्यु भएपछि दुर्गन्ध फैलिएसँगै मन्त्रीले सो घोषणा गरेका हुन् ।

प्रभावित क्षेत्रको भ्रमणको क्रममा कुरुमले भूमिमा आधारित प्रदुषणको कारणले गर्दा खाडीको पानीमा खतरनाक रूपमा कम अक्सिजनको स्तरलाई संकटको चेतावनी दिए । इज्मिर खाडीले जमिनबाट हुने प्रदुषणका कारण श्वासप्रश्वासमा समस्या आउने बताए ।
अक्सिजनको स्तर सामान्य रुपमा प्रतिलिटर ६ मिलिग्राम हुनुपर्छ । १.८ मिलिग्रामसम्म घटेको र कतिपय क्षेत्रमा शून्य पनि भएको बताए ।



















