एमाले पालिकास्तरिय नेतृत्वमा सर्वसम्मत

 

 

बुटवल उपमहानगर अध्यक्षमा युवा नेता ज्ञवाली
बुटवल, १० कार्तिक/नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलवार तय गरिएको पालिकास्तरिय अधिवेशनबाट धेरै स्थानमा सर्वसम्मत नेतृत्व चयन भएका छन् । यसैक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका धेरै पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको सो पार्टीले जनाएको छ ।
एमालेका अनुसार अधिकांस जिल्लाहरु सर्वसम्मत भएको र सर्वसममत हुन नसकेका पालिकाहरुमा पनि सर्वसम्मत बनाउने प्रयास भैरहेको छ ।


रुपन्देहीका १६ स्थानीय तहमध्ये १२ वटामा सर्वसम्मत नेतृत्व चयन भैसकेको र नमिलेका पालिकामा आज बुधवार सर्वसम्मत बनाउने गरि छलफल भैरहेको जनाइएको छ ।
बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा शुद्धोधन, गैंडहवा, कन्चन, कोटहीमाई, ओमसतिया, रोहिणी, मर्चवारी, समरीमाई र मायादेवी गाउँपालिकाको प्रथम अधिवेशनबाट एमालेको नेतृत्व सर्वसम्मत भएको प्रदेश सदस्य कृष्ण पोखरेलले जनाएका छन् ।
रुपन्देहीको सबैको चासोको रुपमा हेरिएको बुटवल उपमहानगर कमिटीको अध्यक्षमा युवा नेता किसन ज्ञवाली सर्वसम्मत चयन भएका छन् भने उपाध्यक्षमा शोभाखर पोखरेल निर्वाचित भएका छन् । अन्य पदहरुमा मंगलवार रातिसम्म सहमति नबनेपछि बुधवार मिलाउने गरि पार्टी कार्यालय सुख्खानगरमा विहानैबाट छलफल भैरहेको छ ।

बुटवल उपमहानगर अध्यक्षमा युवा नेता ज्ञवाली

यसैगरि सैनामैना नगरपालिकाको प्रथम नगर अधिवेशनबाट टेकनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । नगर कमिटीको उपाध्यक्षमा टमबहादुर पुर्जा, सचिवमा बुद्धिराम चौधरी, उपसचिवद्वयमा सविता भुसाल भण्डारी र लेखनाथ खनाल चयन भएका छन् । अधिवेशनले ७५ सदस्यीय कार्यसमिति चयन भएको छ ।
लुम्बिनी सांस्कृतिकको नगर अध्यक्षमा निसार अहमद सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा जगदिश यादव, सचिवमा कल्पना हरिजन, उपसचिवमा हरिकेश लोंध र नगेन्द्र लोंध चयन भएका छन् । अधिवेशनले ५५ सदस्यीय नगर कमिटी चयन गरेको छ ।
गैंडहवा गाउँ कमिटी अध्यक्षमा भुवन राना र कन्चन गाउँ कमिटी अध्यक्षमा दिनानाथ आचार्य सर्वसम्मत चुनिएका छन् । कोटहीमाई गाउँपालिका अध्यक्षमा राजकुमार गौण, ओमसतिया गाउँ कमिटी अध्यक्षमा इन्द्रकुमार गुरुङ र रोहिणी गाउँ कमिटी अध्यक्षमा सुनिलकुमार कौशल चुनिएका छन् । मर्चवारीमा केशरनाथ गिरी, समरीमाईमा इनुक मुसलमान र मायादेवी गाउँ कमिटीमा साधुशरण साहनी अध्यक्षमा निर्विरोध चयन भएको सो पार्टीले जनाएको छ ।

दाङका सबै पालिकाहरुमा निर्बिरोध
दाङका सबै पालिकाहरुमा निर्बिरोध नेतृतव चयन भएको छ । जस अनुसार घोराही उपमहानगरपालिका अध्यक्षमा भुवन चौधरी, तुलसीपुर उपमहानगरपालिका अध्यक्षमा माधव वली, लमही नगरपालिका अध्यक्षमा डण्डीराम चौधरी,गढवा गाउपालिका अध्यक्षमा बाबुराम अधिकारी, बबई गाउँपालिका अध्यक्षमा जितबहादुर वली,राजपुर गाउंपालिका अध्यक्षमा हेमकुमार जिसी निर्वाचित भएका छन् ।
यस्तै राप्ती गाउपालिका अध्यक्षमा मदन अधिकारी, शान्तिनगर गाउँपालिका अध्यक्षमा धन बहादुर केसी, दंगिशरण गाउँपालिका अध्यक्षमा रेशम वली र बंगलाचुली गाउँपालिका अध्यक्षमा पुष्पराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् ।

पाल्पाका दश वटै पालिकामा सर्वसम्मत नेतृत्व
यस्तै पाल्पाका दश वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पाल्पाको तानसेन नगर अधिवेशनबाट गुराँस आत्रेय, रामपुर नगरपालिकामा विष्णु रेग्मी, बगनासकाली गाउँपालिकामा हरि पाठक, तिनाउ गाउं कमिटी अध्यक्षमा प्रेम श्रेष्ठ, रम्भा गाउपालिका अध्यक्षमा योगेन्द्रप्रसाद गैरे, रैनादेवी छहरा गाउँ कमिटी अध्यक्षमा राम प्रसाद ज्ञवाली, रिब्दिकोट गाउपालिका अध्यक्षमा आशिष विश्वकर्मा, माथागढी गाउंपालिका अध्यक्षमा तेज घर्तीमगर,पूर्वखोला गाउँ कमिटी अध्यक्षमा जीवन आचार्य, निस्दी गाउँपालिकाको अध्यक्षमा नरेश सुनारी मगर निर्बिरोध चयन भएका छन् ।

पश्चिम नवलपरासीका ५ वटा पालिकामा सर्वसम्मत र दुई वटा निर्वाचन
पश्चिम नवलपरासीका ७ वटा पालिकामा एमालेको अधिवेशन सम्पन्न भएको छ । मगंलबार भएको अधिवेशनमा जिल्लाका ५ वटा पालिकामा सर्वसम्मत र दुई वटा पालिकामा निर्वाचन भएको थियो । रामग्राम, पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्तामा सर्वसम्मत अधिवेशन भएको छ । भने सुनवल र बर्दघाटमा निर्वाचन नै भएको छ ।
जसमा रामग्राम नगरपालिकामा हरिलाल यादव, सुस्ता गाउँपालिकामा ज्ञान प्रसाद पाठक, प्रतापपुर गाउँपालिकामा अनुग्र कुमार यादव, बर्दघाटमा रविन्द्र विक्रम हमाल, सुनवल नगर अध्यक्षमा दुर्गानारायण सुवेदी निर्वाचित भएको सो पार्टीले जनाएको छ ।

कपिलवस्तुमा सबै नगर कमिटी सर्वसहमत
कपिलवस्तुमा सबै नगर कमिटी सर्वसहमत चयन भएको जनाइएको छ । जस अनुसार बाणगंगा नगरपालिकामा युवा नेता युवराज पोख्रेल, बुद्धभूमि नगरपालिकामा देवी बेल्बासे, शिवराज नगरपालिकामा जगत पौडेल, कपिलवस्तु नगरपालिकामा श्याम प्रजाप्रति, विजयनगर गाउँपालिकामा थर्क बहादुर खन्गाहा, कृष्णनगर नगरपालिकामा सन्दिप मौर्या, मायादेवी गाउँपालिकामा जगन्नाथ चौधरी, शुद्धोधन गाउँपालिकामा राम विलास कुर्मी, महाराजगञ्ज नगरपालिकामा निजामुद्धिन खाँन र यसोधरा गाँउपालिका हरम सरिफ अध्यक्षमा चयन भएका छन् ।