मिलन कला केन्द्रको आयोजनामा बुटवलमा एकल नृत्य प्रतियोगिता

  बुटवल, मंसिर १४ गते । मिलन कला केन्द्रले लुम्बिनी प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ । कला तथा नृत्य क्षेत्रलाई पेशागत रुपमा अगाडी बढाएको बुटवलको मिलन कला केन्द्रले फरक– फरक खालका प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरेको किलन कला केन्द्रले अहिले नो भोट नो एसएमसबाट प्रतियोागिता आयोजना गरेको छ ।

भोट र एसएमएसका कारण कैयौ लुकेर बसेका प्रतिभाहरु हरेक प्रकारको अभावले खुम्चिेर वा लुकेर बसेकाले त्यस्ता प्रतिभाका धनीलाई सहयोग पुगोस भन्ने उद्वेश्यले नो भोट नो एसएमसबाटै प्रदेश स्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरिएको मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढा थोकीले जानकारी गराईन ।एकल नृत्य प्रतियोगितामा कला र नृत्यका प्रतिभाको न्यायपूर्ण मुल्यांकन गर्ने र नाफामूलक नभइ शुद्ध प्रतिभाको कदर र मुल्यांकन गरिने अध्यक्ष बुढाथोकीले बताइन ।

उक्त प्रतियोगितामा भाग लिनका लागि अनलाइनमार्फत पनि अडिसन दिन सकिने र बिजेताहरुले आकर्षक पुरस्कार जित्न सक्ने छन् । एकल नृत्य प्रतियोगिताका लागि यही मंसिर ८ गते रुपन्देहीको सैनामैनामा अडिसन कार्यक्रम भएको छ ।

अन्तिम प्रतियोगिता यही मंसिर २२ गते बुटवलको इलिट इङ्लििस बोर्डिङ स्कुलमा आयोजना गरिएको छ । उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ५ सय बढी नव प्रतिभा कलाकारहरुको सहभागिता रहने मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराईन ।

कार्यक्रम संयोजक दावा शेर्पाका अनुसार प्रतियोगिताका लागि ५१ हजार १ सय ११, २१ हजार १ सय ११ र १५ हजार १ सय ११ को क्रमस प्रथम, दितिय र तृत्य पुरस्कारको व्यवस्था गरिएको छ ।

मिलन कला केन्द्रले आगमी पुस १३ गते बुटवलमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
मिलन कला केन्द्रले मिलन कला केन्द्रको सिफासिरमा स्वास्थ्य उपचारका लागि ५० प्रतिशत छुटमा बुटवलमा उपचार गराउने व्यवस्था मिलाएको छ ।