लायन्स अफ बुटवल फुलबारी टाउनद्वारा बिरामी फलफुल बितरण

बुटवल, कार्तिक, १४ । लायन्स अफ बुटवल फुलबारी टाउनले बिरामीहरुलाई फलफुल वितरण गरेको छ । आइतबार विशेष कार्यक्रमको आयोजना गरी लायन्स अफ बुटवल फुलबारी टाउनले बुटवलस्थित लुम्बिनी प्रादेशीक अस्पतालका बिरामीहरुलाई फलफुल र जुस वितरण गरेको हो ।
लुम्बिनी प्रादेशीक अस्पतालको इमरजेन्सी कक्षमा रहेका ९० जना बिरामीलाई फलफुल बितरण गरिएको लायन्स अफ बुटवल फुलबारी टाउनका अध्यक्ष लायन दीपक कार्कीले जानकारी गराउनुभयो । सामाजिक क्षेत्रमा कार्यक्रम गर्दै आएको फुलबारी टाउनले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत बिरामीहरुलाई फलफुल बितरण गरेको हो ।
डिष्ट्रिक चिफ लायन दीपककुमार श्रेष्ठले गरिवी असहाय र बिरामीहरुलाई सहयोग गर्नु नै मानवीय धर्म भएको बताउनुभयो । समाजमा रहेका हरेक मानिस समाजप्रति जवाफदेही र मानवीय सेवामा लाग्नु पर्नेमा जोड दिनुभयो । लायन शोखाखर पोखरेलले समाजमा शुसान कायम गर्न सबै मानिसमा सहयोगी भावनाको बिकास हुन जरुरी रहेको बताउनुभयो ।
लायन्स अफ बुटवल फुलबारी टाउनका अध्यक्ष दीपक कार्कीको अगुवाइमा फलफुल बितरण गरिएको थियो । उक्त फलफुल वितरण कार्यक्रममा लायन कोशलराज गैरे, रमेश कार्की, हरि कार्कीको सहभागिता रहेको थियो । डाक्टर श्रृजना चापागाईंको सञ्चालन र लायन पिताम्बर शर्माको संयोजनमा फलफुल बितरण गरिएको हो ।