प्रतिनिधिसभा संसद्को पाँचौँ अधिवेशन शुरु


काठमाडौँ । प्रतिनिधिसभाको पाँचौ अधिवेशन शुरू भएको छ । सभामा सभामुख देवराज घिमिरेले अधिवेशन आह्वान सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।

उनले नै राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयवाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिनेछन् ।
त्यसपछि आजको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदहरुको नामावली सार्वजनिक गर्नेछन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यता अनुसारको धारणा र मन्तव्य राख्ने क्रम शुरु हुनेछ ।























