रुपन्देही कांगे्रस सभापतिमा रामकृष्ण खांण निर्वाचित

बुटवल, मंसिर ११ गते । कांगे्रस भित्रको गुट उपगुटका कारण रुपन्देहीमा नेतृत्व चयनका लागि ठूलो समस्या भैरहेको अवस्थामा सर्वसम्बत नेतृत्व चयन गर्न कांगे्रस नेताहरु सफल भएका छन् ।
गुट उपगुटका कारण कार्यकर्ताबीच कुटाकुट भैरहेको अवस्थामा गृहमन्त्रीसमेत रहेका कांगे्रस नेता रामकृष्ण खांण र सार्वजनिक लेखा समितिका सभापति भरत शाहाको पहलमा रुपन्देहीमा सर्वसम्बत नेतृत्व चएको गरिएको एक कांगे्रस नेताले बताए ।
सहमतिको आधारमा नेपाली कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खांण जिर्विरोध निर्वाचित भएका छन् । सभापति पदमा रामकृष्ण खाँणको एकल उम्मेदवारी परेकाले जिल्ला सभापतिमा खांण निर्वाचित भएको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले जानकारी गराए ।
सभापतिमा निर्वाचित खाँण संस्थापन समूहका हुन् । रामकृष्ण खांण यस अघि कांगे्रस रुपन्देही सचिव थिए ।
त्यस्तै उपसभापतीमा डा. अनिता शाह र थानेश्वर धिमिरे, सचिवमा हरि काफ्ले र परमानन्द भट्टराई, सहसचिवमा विष्णु थापा र बासु रिमालसमेत निर्विरोध निर्वाचित भएको बताइएको छ ।