सांस्कतिक क्रान्ति आवश्यक – केसी

बुटवल, मंसिर ११ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समाज रुपान्त्रणका लागि राजनीतिक परिवर्तनले मात्र नहुने भएकाले सांस्कृतिक क्रान्ति आवश्यक पर्ने बताएका छन्। सांस्कृतिक आन्दोलनले नै क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने बताउनुभयो।रक्तिम सांस्कृतिक अभियानकी कलाकार लक्ष्मी गुरुङको स्मृतिमा रक्तिम सांस्कृतिक अभियानले शनिबार बुटवलमा आयोजना गरेको स्मृति तथा श्रदाञ्जली सांगेतिक सांस्कृतिक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सांस्कृतिक क्रान्ति आवश्यक रहेको बताए ।
सांस्कृतिक आन्दोलनका लागि कम्युनिष्ट पार्टीमा बैचारिक रुपमा खारिएका कार्यकर्ता चाहिने अध्यक्ष केसीको भनाई। सांस्कृतिक रुपमा समाजलाई परिवर्तन गर्नका लागि लक्ष्मी गुरुङ जस्ता बैचारिक रुपमा तयार भएका अनुसाशित कार्यकता आवश्यक पर्ने बताए।
रक्तिम सांस्कृतिक अभियानको माध्यामबाट सांस्कृतिक आन्दोलन गर्न सकिने र त्यसका लागि सांस्कृतिक रुपमा समाजलाई परिवर्तनका लागि लक्ष्मी गुरुङ जस्ता अनुसाशित कार्यकर्ता आवश्यक पर्ने केसीको तर्क छ ।
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले रक्तिम सांस्कृतिक अभियानको माध्यामबाट सांस्कृतिक क्रान्तिका लागि लक्ष्मी गुरुङको ठूलो योगदान रहेको बताए। कार्यक्रममा राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष बद्रे आलम,नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य पे्रम सुवेदी,रक्तिम अभियानका केन्द्रिय सचिव हेमराज आश्रम, रक्तिम अभियानकी कलाकार मिना बुढाथोकी, रक्तिम अभियानका पूर्व कलाकार सौगात सायर, स्व.लक्ष्मी गुरुङका छोरा रविन गुरुङ लगायतले स्व. लक्ष्मी गुरुङको योगदानबारे चर्चा गरेका थिए।
रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाको अध्यक्षता र जीवन शाहीको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष रेम रानाले लक्ष्मी गुरुङको जीवनीबारे प्रकाश पारेका थिए । रक्तिम सांस्कृतिक अभियान केन्द्रिय समितिले आयोजना गरेको उक्त स्मृति सांस्कृतिक कार्यक्रममा स्व. लक्ष्मी गुरुङले गाएका उत्तरबाट बादल आउंदा, आएन प्रदेशी लगायत दर्जन बढी गीत प्रस्तुत गरिएको थियो । कास्की जिल्लाको भदौरे भन्ने गाउंमा २०२३ सालमा जन्मिनुभएकी गुरुङ सानैदेखि रक्तिम अभियानमा लागेकी थिइन ।
स्वरकी धनी लक्ष्मी गुरुङको गत कात्तिक २५ गते रुपन्देहीको भैरहवामा निधन भएको थियो ।