लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायिद्वारा रक्तदान

बुटवल, मंसिर २२ । सामाजिक क्षेत्रमा क्रियाशील लुम्बिनी साना तथा मझौला ढुवानी ब्यवसायी संघको नियमित रक्तदान गरेको छ । रक्तदान गरौं जीवन बचाऔं भन्ने नारालाई आत्मसात गर्दै संघले नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । बुटवलस्थित संघको कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको संघका कोषाध्यक्ष नविन पोखरेलले जानकारी गराएका छन् । दिन प्रतिदिन रगतको माग बढ्न थालेपछि रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस र सर्वसाधारण नागरिकले पनि सहज रुपले रगत पाउन भन्ने उद्वेश्यले रक्तदानको आयोजना गरिएको हो ।
कार्यक्रममा संघका अघ्यक्ष दिनेश थापा, सचिव रबिन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन पोखरेल, सहसचिव सुन्दर थापामगर, पत्रकार मिना ढकाल लगाएतले रक्तदानको महत्वबारे आआफ्ना भनाइ राखेका थिए ।