असुरकोटका राजमो सदस्य मित्रलालप्रति श्रद्धाञ्जली


टेकराज भुसाल
अर्घाखाँची, भदौ १५ गते राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

श्रदाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, नगर कमिटी अध्यक्ष हिमलाल बन्जाडे, नगर सदस्य शिवप्रसाद बन्जाडे, कबिराज शर्मालगायतले बोलदै स्व. बेलवासेको योगदानबारे चर्चा गर्दै मित्रलालको निधनले कम्युनिष्ट आन्दोलनमा क्षती भएको बताए ।
पार्टीमा पुराएको योगदानको स्मरण गर्दै पार्टी र समाजका लागि इमानदार, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्व मित्रलालको योगदानलाई कहिल्यै भुल्न नहुने बताउंदै श्रदाञ्जली अर्पण गरे ।
राष्ट्रिय जनमोर्चा पार्टीलाई बलियो बनाउन स्व. बेलवासेले देखाएको त्याग, अनुशासन र संघर्ष आगामी पुस्ताका लागि मार्गदर्शक हुनेमा विश्वास व्यक्त गरे ।

उक्त श्रदाञ्जली कार्यक्रममा अखिल नेपाल युवक संघ नगर उपाध्यक्ष माधव बन्जाडे, प्रगतिशील पत्रकार संघ रुपन्देही सचिव टेकराज भुसालसहित नेता–कार्यकर्ता तथा स्थानीयको सहभागिता रहेको थियो ।






















