स्वतन्त्र नागरिक समूह नेपालद्वारा सरकारलाई स्वागत, समयमा निर्वाचन र संविधान संशोधन गर्न आग्रह

बुटवल, भदौ २८ गते । स्वतन्त्र नागरिक समूह नेपालले संसद विघटनलाई समर्थन र सरकारलाई स्वागत गर्दै समयमा निर्वाचन र संविधान संशोधन गर्न आग्रह गरेको छ । पुराना दलहरु असफल र भ्रष्टाचारी भएकाले जेनजी पुस्ताले ल्याएको परिवर्तन जनताको पक्षमा रहेको बताएको छ ।
शनिबार सांझ रुपन्देहीमा पत्रकार सम्मेलन गरी स्वतन्त्र नागरिक समूह नेपालका अध्यक्ष विश्वराज गैह्ेले अन्तरिम सरकारका प्रधानमन्त्री शुसीला कार्कीलाई बधाइ ज्ञापन गर्दै घोषित मितिमा निर्वाचन र संविधान संसोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

संविधान सभादेखि यस अघिका निर्वाचन वहिष्कार गरेको समूहले अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले गराउने निर्वाचनमा सहभागी भएर मतदान गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा संयोजक गैह्ेले बताए ।

अध्यक्ष गैह्ेले अबको ६ महिना भित्र निर्वाचन गराएर एक वर्ष भित्र नयां संविधान बनाउनु पर्ने बताउंदै देशलाई अगाडी बढाउनका लागि कार्यकारी राष्ट्र प्रमुख हुनुपर्नेमा जोड दिए । २०७२ को संविधान असफल भैसकेकाले अब नयां संविधान बनाउनु पर्ने बताए ।

उनले जेनजी पुस्ताको आग्रहलाई स्वीकार गरी शासन प्रणालीलाई अविच्छिन राख्नका लागि लागि राजनीतिक तथा न्यायिक क्षेत्रमा निपूर्ण कार्कीलाई सरकारको नेतृत्व सुम्पिएर राम्रो गरेको तर्क गरे । कार्की नेतृत्व वर्तमान सरकारले स्वतन्त्र नागरिक समूहको आवश्यकता महशुस गरेमा सरकारलाई हरप्रकारले सहयोग गर्ने बताउंदै अध्यक्ष गैह्ेले भने – हामीले समयमै निर्वाचन सम्पन्न गर्नका लागि यो सरकारलाई सहयोग गर्छौ । हामी गणतन्त्रबादी हौ । लोकतन्त्रमाथि विश्वास छ ।

प्रदेश संरचना खारेज गरेर धार्मिक सहीशुणतासहितको हिन्दुराष्ट्र कायम राखेर देशमा शान्ति सुव्यवस्था कायम गरी देशलाई विकासको नयां मोडलबाट अगाडी बढाउनु पर्नेमा जोड दिए । जेनजी आन्दोलनको क्रममा मृतकप्रति श्रदाञ्जली अर्पण गर्दै घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना र मृतक घरपरिवारमा स्वतन्त्र नागरिक समूह नेपालले समवेदना प्रकट गरेको छ ।

स्वतन्त्र नागरिक समूहका अध्यक्ष विश्वराज गैह्ेको अध्यक्षता र उपाध्यक्ष दिलबहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको थियो ।