मिलन कला केन्द्रको नृत्य प्रतिगोगितामा अध्यता भईन प्रथम


श्यामलाल पोखरेल
बुटवल, कार्तिक १ गते । मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको एकल नृत्य तथा “पीपुल्स स्किन केयर नृत्यमञ्च – किड्स २०८२ को प्रतियोगिताबाट अध्यता भण्डारी प्रथम भएकी छन् । दोस्रो प्रीती पाली, तृतिय एड्रिना क्षेत्री, सान्त्वना रिदिमा टण्डन र प्रज्ञा घर्तीमगर भएका छन् ।
कार्तिक १ गते बुटवलको देवीनगरस्थित थ्रिपयन्ट रिर्सोटमा फाईनल प्रतियोगिता भएको थियो । प्रतियोगितामा ६ वर्षदेखि १३ वर्षसम्मका २० जना बालबालिकाबीच प्रतिष्पर्दा भएको हो । प्रतियोगितमा प्रथम स्थान हासिल गर्न सफल अध्यता भण्डारीले नगद ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गरिन । त्यस्तै दोस्रो हुने प्रती पालीले २१ हजार १ सय ११, तेस्रो हुने एड्रिना क्षेत्रीले १५ हजार १ सय ११ र सान्त्वना स्थान हासिल गर्ने रिदिमा टण्डन र प्रज्ञा घर्तीमगरले ५ हजार १ सय ११ रुपैयांसहित मायांको चिनो हाता पारेका छन् ।

त्यस्तै धेरै भ्यु,लाइक र शेयरका आधारमा छनौट हुने टीकटक प्रतियोगितामा पहिलो स्थान प्राप्त गर्न सफल भएकी छन् अध्यता भण्डारी उनले नगद ५ हजार रुपैयांसहित ५ हजार बराबरको गिफ्ट समान प्राप्त गरिन । दोस्रो हुने प्राप्ती घिमिरेले नगद ३ हजारसहित ३ हजार बराबरको समान गिफ्न पाइन, भने तेसे बन्न सफल भएकी श्रीषा रोकाले २ हजारसहित २ हजार बराबरको समान हाता पारिन । त्यस्तै सान्त्वना बनेकी सैना थापाले नगद १ हजारसहित गिफ्ट प्राप्त गरेको कार्यक्रम संयोजक तथा मिलन कला केन्द्रका सचिव दावा शेर्पा दर्पणले नयां दिशालाइ जानकारी गराए ।
फाइनल प्रतियोगितामा इश्ना झेडी, आरोसी तामाडं, स्तुति अर्याल, प्राप्ती अर्याल, आदित्या भण्डारी, श्रीसा रोका, जेशमा थापा, बिपिसा थापा, सन्जय पौडेल, प्रज्ञा घर्ती मगर, कृतिमा ज्ञवाली, युविका राना, रिदिम टण्डन, रुजु पौडेल, प्रिती पल्ली, मेरिसा थापा, एड्रिना क्षेत्री, दुरविज्ञ डि पोखरेल लगायत २० जनाले प्रतिष्पर्दा गरेका थिए ।
मिलन कला केन्द्रले “नो भोट, नो एसएमस” लागु गरेर नयाँ प्रतिभाको खोजिका लागि अडिसन शुरु गरेको थियो ।“नो भोट, नो एसएमस” लागू गरेर प्रदेशस्तरीय एकल नृत्य प्रतियोगिता आयोजना गरिएको हो ।

फाईनल प्रतियोगिता कार्यक्रममा प्रमुख अतिथि एभरेष्ट कल्चर गु्रपकमा संस्थापक अध्यक्ष तथा कल्चर प्रशिक्षक डाक्टर आरसी कोइराला, विशिष्ट अतिथि मुल प्रवाह अखिल भारत नेपाली एकता समाजका वरिष्ठ उपाध्यक्ष ठाकुर खनालले प्रतियोगिहरुलाई शुभकामना दिएका थिए ।
२०८३ मा अर्को प्रतियोगिता आयोजना गरिने मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीले जानकारी गराइन । प्रतियोगिताको मुख्य प्रायोजक थिए पे्रमराज न्यौपाने । मिलन कला केन्द्रकी अध्यक्ष मिना बुढाथोकीको अध्यक्षता, दुर्गा गुरुगंको सञ्चालन र कला केन्द्रका सचिव तथा कार्यक्रम संयोजक दावा शेर्पा दर्पणको स्वागतमा यो प्रतियोगिता सम्पन्न भएको हो ।
२०८२ सालको जेठ ६ गतेबाट शुरु भएको प्रतियोगिताको फ्रि अडिसन राउन्डमा २ हजार ५ सय जना प्रतियोगि सहभागि थिए । जसमा १८ वटा स्कुलमा अडिसन भएको थियो ।






















