३० करोडको आर्थिक कारोवार गदै सकियो बुटवलमा प्रदर्शनी


बुटवल, पुस १८ गते । आफ्नो लक्ष्य पुरा गर्दै १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव १७ गते बिहीबार सकिएको छ ।
पुस ३ गतेदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव १७ गते बिहीबार सकिएको छ । बुटवलमो
स्वदेशी उत्पादन राखेर आयोजना गरिएको प्रदर्शनीमा आयोजक संस्था रुपन्देही उद्योग संघले ८ लाख अवलोकनकर्ताले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार गर्ने लक्ष्यसहित प्रदर्शनी आयोजना गरेको थियो ।

बिहीबार दिउंसो समापन गरिएको प्रदर्शनीबाट आयोजकहरुले लक्ष्य पुरा भएको बताएका छन् । ८ लाख जनाले अवलोकन गरेको र ३० करोडको आर्थिक कारोबार भएको संघका अध्यक्ष कृष्ण पराजुलीले बताए ।
प्रदर्शनी समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धिको आकांक्षा पूरा गर्न नीजि क्षेत्रसंग सहकार्य गर्ने बताएका छन् । नीजि क्षेत्रलाई लगानमैत्री बातावरण बनाएर समृद्धिको आकांक्षा पूरा गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकार तयार रहेको बताए ।
लगानीमैत्री वातावरण सिर्जना गर्ने दायित्व राज्यको हो भन्दै मुख्यमन्त्री आचार्यले भने लगानीको वातावरण बनाउन देशको समृद्धि सम्भव छैन ।
मुख्यमन्त्री आचार्यले नीजि क्षेत्र तथा उद्योगी व्यवसायीका समस्या समाधान गर्न प्रदेश सरकार सधैं साथमा रहेको बताउंदै संघीय सरकारले उद्योगी व्यवसायीको मनोबल कमजोर बनाउने काम गरेको दाबी गरे ।
बिजुली कटौतीको विषयमा प्रदेश सरकारले पहिलोपटक बोलेको बताउंदै बुटवललाई आर्थिक हबको रूपमा विकासका लागि उद्योगी व्यवसायीको योगदान उच्च रहेको बताए ।

प्रदर्शनी आयोजक संस्था रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण पराजुलीले प्रदर्शनी सहज बातावरणमा सम्पन्न हुंदा र सबैको साथ सहयोगका कारण लक्ष्य पुरा गर्न सकिएको बताउंदै साथ सहयोग पुराउनेप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकाल, रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहोरा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेलगायतले बोल्दै बुटवलमा हुने महोत्सव तथा प्रदर्शनीलाइृ निरन्तरता दिनुपर्नेमा जोड दिए ।
प्रदर्शनीमा स्वदेशी उद्योगबाट उत्पादित सामग्रीका ४५० वटा व्यावसायिक स्टल रहेका थिए । यो अवधिभर पूर्व लक्षित योजनाअनुसार करिब ८ लाख दर्शकले अवलोकन गरेको र करिब ३० करोड रुपैयाँको कारोबार भएको र प्रदर्शनीमा सहभागी स्टलधनीहरु अधिकांशले सोँचेजस्तै राम्रो कारोबार भएको जनाएको कोषाध्यक्ष विशाल बलेवासेले जानकारी दिए ।
यो पटकको प्रदर्शनीमा सांस्कृतिक कार्यक्रमतर्फ मुख्य आकर्षण रहेको प्रदर्शनी आइडलमा पहिलो बुटवल देवीनगर बस्ने लिट्स कलेजका विद्यार्र्थी एण्डिज लामिछाने, बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत आर्यन श्रेष्ठ, एभरेष्टमा अध्ययनरत विशेष भूर्तेल तेस्रो भएका छन् । त्यसैगरी प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट उद्यमीहरुmाई पुस्कृत तथा सम्मान गरिएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिए ।
औद्योगिक पेभेलियनमध्ये उत्कृष्ट भएका कपिलवस्तु ग्लास फाइवर इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक प्रमोद पोद्दार, बेकरी, आईसक्रिम तथा अचार पेभेलियनमध्ये उत्कृष्ट आकाश फुड्स,काठमाडौं डिष्ट्रिव्यूटर्सका उत्सव पाण्डे, स्वादिलो अचार तिलोत्तमाकी संचालक ज्योती श्रेष्ठ, ब्युटी तथा सेवा मूलक पेभेलियनमध्ये उत्कृष्ट महालक्ष्मी इन्जिनियरिड्ड कन्सल्टेन्सी तिलोत्तमाका संचालक सुदिप ढकाल, ग्रोसरी पेभेलियनमध्ये उत्कृष्ट शिवशक्ति सोप एण्ड केमिकल्स इण्डष्ट्रिज, बुटवल औद्योगिक क्षेत्र संचालक अखिलेस कसौधन, हाउस होल्ड पेभेलियनमध्ये उत्कृष्ट यूनाइटेड प्लाष्टिक इण्डष्ट्रिज प्रा.लि., बुटवल औद्योगिक क्षेत्रका संचालक तुल््सीबहादुर गुरुङ, कृषि पेभेलियनमध्ये उत्कृष्ट गोर्खाली कृषि औजार इण्डष्ट्रिज संचालक जितबहादुर विश्वकर्मा, हस्तकला पेभेलियनमध्ये उत्कृष्ट दिदीबहिनी अल्लो, दाङकी संचालक हिसिला वली, लक्ष्मी हस्तकला, कपिलवस्तुकी संचालक ललिता खरेल, गार्मेण्ट्स पेभेलियनमध्ये उत्कृष्ट महाकाली गार्मेन्ट्स, तिलोत्तमा कोटिहवाका संचालक अनिश कुमार कसौधन, होटल तथा रेष्टुरेण्ट पेभेलियनमध्ये उत्कृष्ट डेडीज किचन, बुटवलका संचालक महेन्द्र कुँवर, फुटवेयर्स पेभेलियनमध्ये उत्कृष्ट अनिता सुज उद्योग देवदहका संचालक अनिता बुढाथोकीलाई सम्मान गरिएको छ ।
उदयमान उद्यमी गाउँघरको स्वाद, बुटवलका संचालक आरजु भुसाल, दही ठेकी, तिलोत्तमा, मणिग्रामका संचालक विशाल गैरे, समग्र स्टलहरुमध्ये सर्वोत्कृष्ट स्टल प्रथम थापा इन्जिनियरिड्ड इण्डष्ट्रिज प्रा.लि. बुटवल औद्योगिक क्षेत्रका संचालक देवानसिंह थापा, द्वितीय ड्रिम वेयर इण्डष्ट्रिज, बुटवलका संचालक बाबुराम अर्याल, तृतीय त्रिशक्ति गु्रप, बुटवलका संचालक सुरेन्द्र ज्ञवालीलाई पुरस्कृत गरिएको उनले बताए ।
त्यसैगरी सान्त्वना पुरस्कार वोमन एक्टका संचालक रेखा थापा, हिपत, फुड्स,गुल्मीका संचालक शिव गौतम, लुम्बिनी एजुकेशनल किड्स इण्डष्ट्रिज, बुटवलका संचालक कृष्णप्रसाद पाण्डे, लकासी अचार उद्योग, तिलोत्तमाकी संचालक पार्वती गिरी पुरस्कृत भए ।
संघका अध्यक्ष कृष्ण पराजुलीको अध्यक्षता र सचिव अशोक कुंवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।






















