मनोनयन दर्तामा जांदा तडकभडक गर्न पाइदैन आयोग


बुटवल, माघ ५ गते । आगमी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता हुंदै छ । यस अघि नै निर्वाचन आयोगले निर्वाचन पत्रmिया अनुसार मनोनय दर्ताको मिती तय गरेको थियो ।

निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयन दर्ता गर्न गर्न जाँदा बाजागाजा र अन्य प्रकारका तडकभडक नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।
तडकभडकलाई कानूनले पूर्ण रुपमा निषेध गरेको र आचारसंहीताले पनि निषेध गरेकाले त्यस्ता गतिविधिहरु नर्गन आयोगका आयुक्त भण्डारीले निर्देशन गरेका छन् ।

आचारसंहिता उल्लंघन गर्नेविरुद्ध कठोर निर्णय लिने आयोगले चेतावनी दिएको छ ।
निर्वाचन, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरण सम्पन्न गर्नका लागि सबै पक्षलाई पूर्ण रुपमा आचारसहिंता पालना गर्नसमेत आयोगले आग्रह गरेको छ ।






















