सरुमारानीमा राजमोको भेला, १५ सदस्यीय प्रचारप्रसार समिति


प्यूठान, माघ १८ गते । प्यूठानमा राष्ट्रिय जनमोर्चाले चुनावी अभियानलाई गाउं केन्द्रित गरेको छ । चुनावको मिती नजिकिएसंगै राष्ट्रिय जनमोर्चाले पालिका स्तरीय भेला भेला तथा छलफल गरी प्रचार प्रसार समिसितहरु गठन गरेकोछ ।

यस्तै राष्ट्रिय जनमोर्चा सरुमारानी गाउँपालिकाको भेला प्युठानको दरबानमा सम्पन्न भएको छ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका नेता तिलकबहादुर जीसीलाई जिताउने गरी चुनावी कार्यक्रम तय गरिएको छ ।
सरुमारानी गाउँपालिकाभित्र पार्टी संगठनलाई थप सुदृढ बनाउने, प्रचार प्रसारलाई प्रभावकारी बनाउने तथा जनसम्पर्क विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले पार्टीको नीति, कार्यक्रम र चुनावी एजेन्डा जनतासम्म पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेलाले कुलदिप जीसीकोे संयोजकत्वमा १५ सदस्यीय गाउँपालिका स्तरीय प्रचारप्रसार समिति गठन गरेको छ। समितिले निर्वाचन अवधिभर सरुमारानी गाउँपालिकाभित्र प्रचार प्रसार, घरदैलो अभियान, जनभेटघाट तथा संगठन विस्तारका कार्यक्रमलाई तीव्रता दिने निर्णय गरेको स्थानीय नेता कुलदीप जीसीले बताए ।
राष्ट्रिय जनमोर्चाले संविधान, राष्ट्रियता, जनजीविका र जनपक्षीय राजनीतिलाई मुख्य मुद्दा बनाउँदै चुनावी अभियान अघि बढाएको छ ।






















