कामले चिनिएका बुटवलका चुन्नु सांसद बन्ने अभियानमा

बुटवल, फागुन ३ गते । बुटवललाई कर्मथलो बनाएर लामो समयदेखि उद्योगहरु सञ्चालन गर्दै आएका पर्व बागलुङका चुन्नप्रसाद पौडेल रुपन्देही षेत्र नम्बर २ बाट कांगे्रसबाट निर्वाचनमा उठेका छन् । पौडल आगमी फागुन २१ गते हुने प्रतिनिसिभा सदस्य निर्वाचनका लागि रुपन्देही २ बाट उम्मेदवारी दिएका छन् । उद्योग तथा व्यवसायिक क्षेत्रमा सफलता पाएका पौडेल केही यतादेखि भोट माग्दै घरदैलो अभियानमा जुटेका छन् ।

काँग्रेस महासमिति सदस्यसमेत रहेका चुन्नप्रसादलाई आसन्नप्रतिनीधि सभानिर्वाचनमा काँग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उम्मेद्वार बनाएको छ । सबैसंग मिलनसार र सरल स्वभावका चुन्नप्रसाद भन्छन्– ‘म कुनै कांगे्रस भएपनि सामाजिक तथा व्यवसायिक जीवनमा कसैलाई विभेद गरेको छैन । र म कसैलाइृ यो वा त्यो भनेर कहिल्यै भन्ने छैन ।

बाग्लुङ जन्मे हुर्केका पौडेलले उद्योगी वयवसायीको क्षेत्रमा देश विदेमासमेत राम्रै पहिचान बनाएका छन् । पौडेलको व्यक्तिगत सफलता भन्दा माथि उठेर समाज, उद्योग र राष्ट्र निर्माणमा उनै पौडल अहिले संसदमा प्रतिनिधित्व गर्ने गरी निर्वाचन लडेका छन् ।

वि.सं. २०२२ सालअसार २७ गते बागलुङको हुग्दिशिरमाजन्मिएकाशर्मा, बाबु पशुपतिशर्मा र आमापार्वतीपौडेल शर्माबाट नैतिकता, अनुशासन र कठोर परिश्रमको संस्कार लिएर हुर्किए । प्रारम्भिकशिक्षागुल्मीको शान्तिपुरबाट सुरु गरे । अध्ययनलार्इ निरन्तरता दिँदै उच्च शिक्षाका लागिभारतको बनारससम्म यात्रा गरे ।

बनारसको आध्यात्मिक र प्राज्ञिक वातावरणले सोचलाई फराकिलो बनाएको बताउंदै चुननुप्रसाद पौडेलले यो निर्वाचनमा सफलता मिल्ने बताए । जीवनलाई केवल व्यक्तिगत उन्नतिमा सीमित नराखी समाजप्रति जिम्मेवार बन्नुपर्ने सोंचका धनी पौडेल समाजसेवी पनि हुन् ।

२०३८ सालमागाउँकै विद्यालय माशिक्षण पेशाबाट जीवनको यात्रा अगाडि बढाएका पौडेल एक शिक्षकको रूपमा समाजलाई साक्षर र सचेत बनाउने उनको प्रयास प्रशंसनीय रहेको उनका सहपाठीहरु बताउछन् ।