टुँडिखेलमा अमेरिकी सेनाको परेड

काठमाडौँ, फागुन ३ गते । नेपाली सेनाको २६३ औं वार्षिकोत्सव अवसरमा राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा आज बिहान आयोजित बधाइँ तथा सैनिक कला प्रदर्शनीमा अमेरिकी सेनाको एउटा टोलीले पनि परेड खेलेको छ ।

उक्त परेडको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षकलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अमेरिकी सेनाका दुई दर्जन बढी सैनिक सहभागी भएर ब्याण्ड बजाउँदै नाचेका थिए । दुई दिन पहिला सुटुक्क त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गरेको अमेरिकी सेनाको जहाज र त्यसमार्फत आएका सेनाको उपस्थितिले नेपाली राजनीतिमा नयाँ आशंका उत्पन्न भएको थियो ।

आज टुँडिखेलस्थित सैनिक मञ्चमा अमेरिकी सेनाको टुकडीको परेड प्रदर्शनले देशभक्त जनतान्त्रिक शक्तिहरूको मनमा सिचो पस्नु स्वभाविक नै हो ।
युगदर्शनबाट साभार