देउवा दम्पतीविरुद्व पक्राउ पुर्जी जारी

बुटवल, चैत २५ गते । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध सरकारले पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीलाई पक्राउ पूर्जी जार िगरिएको हो ।

देउवा दम्पतीलाई गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको हो ।

प्रहरी स्रोतले पक्राउ अनुमति लिइए पनि पक्राउको लागि निर्देशन वा अनुरोध आइनसकेको जनाएको छ । देउवा दम्पती अहिले विदेशमा छन् ।

उनीहरूलाई आवश्यक परे इन्टरपोलमार्फत पनि नोटिस जारी गरेर ल्याउन सकिने गृह मन्त्रीनिकट स्रोतले जनाएको छ ।