बुटवल उपमहानगरपालिकाको नयां भवन उद्घाटन

बुटवल,माघ ५गते। रुपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रशासकीय भवन उद्घाटन गरिएको छ। उपमहानगरपालिकाले निर्माण गरेको सुविधा सम्पन्न भवन बुधबार पूर्वअर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ भवनको भर्चुअल रूपमा उद्घाटन गरेका हुन् । भर्चुअल माध्यामबाट भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले सेवाग्राहीलाई सहज रुपमा सेवासुविधा उपलब्ध गराउनका लागि नयां भवनबाट सहज हुने बताए। उनले नगरवासीको हितमा काम गर्न हाग्रह गरो छन् ।
चार तलाको उक्त भवन निर्माणका लागि करिव ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँ लागत लागेको बुटवल उपमहानगरपालिकाले बताएको छ।पुरानो भवन भूकम्पले क्षति पु¥याएपछि सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो। बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिणभागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको छ। करिब तीन बिघा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ।
निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी न्यू बानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेका थिए। नगरप्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गराएका छन्।