प्यूठानमा जीप दुर्घटना हुंदा १७ जना घाइते, एकको मृत्यु

बुटवल, बैशाख १० गते । प्यूठानमा भारतीय पर्यटक बोकेको जीप दुर्घटना हुंदा १७ जना घाइते भएका छन् । घाइते मध्ये १६ जना भारतीय नागरिक र एक जना जीप चालक नेपाली रहेको प्युठान प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी नरहरि अधिकारीले दुर्घटनामा परी एक जना भारतीय नागरिकको मृत्यु भएको छ । उनी बालक भएको र नाम खुल्न सकेको छैन । भारतीय पर्यटक लिएर भिङ्ग्रीबाट स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

लु १ ज ३१७५ नम्बरको जीप भिङ्ग्रीकोट घडेरी नजिकै दुर्घटनामा परेको हो । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भैरहेको प्रहरीले बताएको छ ।