गृहमन्त्री गुरुङले २६ दिनमै दिए राजीनामा

बुटवल, बैशाख ९ गते । गृहमन्त्री भएको २६ दिनमै सुधन गुरुङले पदबाट राजीनामा दिउका छन् । गृहमन्त्रीको चौतर्फी आलोचनासहित राजीस्नामाको माग बढेपछि बुधबार राजीनामा दिएका हुन् ।

विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका छन् । प्रधानमन्त्री शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गरेका थिए । सोही दिन गुरुङ गृहमन्त्री नियुक्त भएका थिए ।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने आलोचनाले घेरिएका थिए ।
सम्पत्ति विवरणमा उल्लेख नभएका अपारदर्शी सम्पत्तिहरुको खात सार्वजनिक हुन थालेपछि गृहमन्त्री सुधन अत्तालिएका गृहमन्त्रीले केही सीप नलागेपछि राजीनामा दिएका हुन