आज नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस
१५७ औं लेनिन जयन्ती मनाईंदै


बुटवल, बैशाख ९ गते । आज बैशाख नौ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७ औँ वर्ष पुगेको छ । स्थापना दिवसको अवसरमा कम्युनिष्टहरुले विभिन्न कार्यक्रमको आयोजना गर िस्थापना दिवस मनाउंदै छन् ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ वैशाख ९ गते भएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नरबहादुर कर्मचार्य, निरन्जनगोविन्द बैद्य, नारायणविलास जोशी सदस्य थिए ।
आज लेनिल जयन्ती पनि हो ।
नेपालमा लेनिन जयन्तीको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । १५७ औं लेनिन जयन्ती पनि आज देशभर कम्युनिष्टहरुले विभिन्न कार्यक्रम गरी मनाउंदै छन् ।

जहानियाँ राणा शासनको समयमा सुरु भएको यो आन्दोलनले पछि नेपालको राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको थियो । १९९० पछि कम्युनिष्ट आन्दोलन सशक्त र बलियो शक्ति बनेको थियो ।
नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि जनताका उत्साहा छाएको थियो । अहिले एउटै कम्युनिट पार्टी विभाजन हुंदै जांदा दर्जन बढी कम्युनिष्ट पार्टी बनेका छन् ।























