पौडी खेल्दा तिनाउ ड्याममा डुबेर भारतीय नागरिकको मृत्यु


बुटवल, जेठ ८ गते । पाल्पामा पर्ने तिनाउ खोलमा पौडी खेल्दा एक भारतीय युवकको मृत्यु भएको छ । तिनाउको ड्याममा पौडी खेल्दा बेपत्ता भएका भारतीय नागरिक मृत भेटिएको पाल्पा प्रहरीले बताएको छ ।

पाल्पा प्रहरीका अनुसार भारत उत्तर प्रदेश, सिद्धार्थनगर जिल्ला नौगढ गाउँ जगदिसपुर बस्ने २२ वर्षीय सौरभ रस्तोगीको मृत्यु भएको हो ।
अस्ती बुधबार पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ स्थित तिनाउखोला ड्याममा पौडी खेल्नेक्रममा उनी डुबेर बेपत्ता भएका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले खोजतलास गर्दा आज बिहान घटनास्थल भन्दा केही तल उनको शब भेटिएको प्रहरीले जानकारी गराउको छ।
























