मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

 

 

 

दाङ/मोटरसाइकल दुर्घटना हुँदा दाङदेउखुरीमा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा दाङकाे तुलसिपुर उप-महानगरपालिका वडा नम्बर १२ का अन्दाजी अरुण देबकोटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार चितवन भरतपुर ७ बस्ने रामप्रसाद सापकोटा घाइते भएका छन् ।

आइतबार बेलुका लमहीदेखि गढवातर्फ जाँदै गरेको रा ५ प ५७१४ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका वडा नम्बर ४ बलामपुरमा दुर्घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका देबकोटाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उनको टाउकामा गहिरो चोट लागेको छ । त्यस्तै घाइते सापकोटाको सामान्य उपचार पछि थप उपचारका लागि अन्यत्र लैजाने तयारी भैरहेको छ । माेटरसाईकल मृतक अरूण देवकाेटाले चलाएको प्रहरीले जनाएको छ ।।