कर्णाली नदीमा खसेको यात्रुबाहक बसमा सवार एक जनाको शव फेला


सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी– ७ अन्तर्गत साङ्गेतराको कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खसेको छ ।

गाडी चालक सुर्खेत पञ्चपुरी न.पा. ८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी हुन् । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ ।
गाडी सडकबाट करिब ४ सय मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ । घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रहरी र स्थानीय उद्दार र खोजीकार्यमा लागेका छन् ।























